Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
३८ पटक हेरिएको
Shares
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई

सारांश

  • रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिसुरक्षा र मानवीय सहायता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ ।
  • जर्मनीको बर्लिनमा आयोजित संयुक्त राष्ट्रसङ्घ शान्ति सैनिक खटाउने ८० भन्दाबढी देशका रक्षा तथा परराष्ट्रमन्त्री सहभागिता रहेको सम्मेलनमा उहाँ त्यस क्रममा नेपाली शान्ति सैनिकहरूले उल्लेखनीय योगदान पु¥याएको कुरा बताउनुभयो ।
  • मन्त्री राईले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपालको लामो समयदेखिको अविचलित प्रतिबद्धता छ, हाल विभिन्न ११ वटा शान्ति मिसनमा छ हजारभन्दा बढी शान्ति सैनिकहरू पठाइ शान्ति सेना खटाउने मुलुकमा नेपाल अहिले पहिलो स्थानमा छ ।

२ जेठ, काठमाडौँ ।

रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिसुरक्षा र मानवीय सहायता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ । जर्मनीको बर्लिनमा आयोजित संयुक्त राष्ट्रसङ्घ शान्ति सैनिक खटाउने ८० भन्दाबढी देशका रक्षा तथा परराष्ट्रमन्त्री सहभागिता रहेको सम्मेलनमा उहाँ त्यस क्रममा नेपाली शान्ति सैनिकहरूले उल्लेखनीय योगदान पु¥याएको कुरा बताउनुभयो । मन्त्री राईले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपालको लामो समयदेखिको अविचलित प्रतिबद्धता छ, हाल विभिन्न ११ वटा शान्ति मिसनमा छ हजारभन्दा बढी शान्ति सैनिकहरू पठाइ शान्ति सेना खटाउने मुलुकमा नेपाल अहिले पहिलो स्थानमा छ ।”

उहाँले संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालले सन् १९५८ देखि नै विनाशर्त निरन्तर शान्ति सैनिकहरू खटाउँदै आएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घको अनुरोधमा नेपाल आगामी दिनमा दश हजारसम्म शान्ति सैनिकहरू खटाउन तयार रहेको प्रतिबद्धता जाहेर गर्नुभयो । नेपाल द्रुत तैनाथी कार्यशाला आयोजना गर्नसमेत तयार रहेको बताउँदै मन्त्री राईले द्वन्द्वग्रस्त मुलुकहरूमा यौनशोषण र दुर्व्यवहारमा परेका पीडितहरूका लागि सहयोग गर्न नेपालले संयुक्त राष्ट्रसङ्घको ट्रष्ट फन्डमा १६ हजार अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । रक्षामन्त्री राईले शान्ति स्थापना कार्यअन्तर्गत उच्च नेतृत्व तहमासमेत रही नेपालले काम गर्ने अवसर प्राप्त गर्ने अपेक्षा राखेको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो ।

हाल शान्ति स्थापनाको सुधार र सवलीकरणका लागि भइरहेका प्रयासको सराहना गर्दै उहाँले शान्ति स्थापना कार्यमा खटिने मिसनमा महिलालाई सहभागी गराउने विषयलाई नेपालले उच्च महत्त्व र प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । सम्मेलनका अवसरमा मन्त्रीले मानव अधिकारका लागि उच्च आयुक्त कार्यालयका सहायक महासचिव इल्जे ब्राण्डस् केहरिससँग भेट गर्नुभएको पनि प्रवक्ता आचार्यले जानकारी दिनुभयो । त्यस अवसरमा मन्त्री राईले अन्तरराष्ट्रिय मानव अधिकार र कानुनलाई आफू संलग्न सबै शान्ति स्थापना कार्यमा पूर्ण रूपमा पालन गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो ।

सहायक महासचिव केहरिसले नेपालले नमुनाका रूपमा काम गर्नसक्ने सम्भाव्यता रहेको बताउनुभएको थियो । यसैगरी, माननीय रक्षामन्त्री र चीनका रक्षामन्त्री दोङ जुनबीच भएको भेटवार्तामा दुवै मुलुकका साझा सरोकारका विषयलगायत द्विपक्षीय हितका विषयमा छलफल भएको पनि रक्षामन्त्रालयले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलमा जर्मनीका लागि नेपालका राजदूत डा शैल रूपाखेती, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय तथा नेपाली सेनाका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै
सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै
गुल्मीको हुग्दी खोलामा किशोरीको शव फेला
गुल्मीको हुग्दी खोलामा किशोरीको शव फेला
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
टस जितेर ब्याटिङमा स्कटल्याण्ड, पहिले फिल्डिङमा नेपाल
टस जितेर ब्याटिङमा स्कटल्याण्ड, पहिले फिल्डिङमा नेपाल
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
दशैं बिदामा पनि पाइन्छ श्रम स्वीकृति
दशैं बिदामा पनि पाइन्छ श्रम स्वीकृति