रौतहटमा घण्टीको दबदबा : तीन क्षेत्रमा रास्वपाको अग्रता, एकमा कांग्रेस अगाडि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
रौतहटमा घण्टीको दबदबा : तीन क्षेत्रमा रास्वपाको अग्रता, एकमा कांग्रेस अगाडि

सारांश

  • मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको मतगणनामा होमिएको छ ।
  • यसैक्रममा मधेश प्रदेशको राजनीतिक केन्द्र मानिने रौतहट जिल्लाको पछिल्लो मतपरिणामले धेरैलाई चकित तुल्याएको छ ।
  • जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार अग्रता कायम गरेको छ भने एउटा क्षेत्रमा नेपाली कांग्रेसले आफ्नो साख जोगाउँदै अग्रता लिइरहेको छ ।

२३ फागुन,रौतहट ।

मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको मतगणनामा होमिएको छ । यसैक्रममा मधेश प्रदेशको राजनीतिक केन्द्र मानिने रौतहट जिल्लाको पछिल्लो मतपरिणामले धेरैलाई चकित तुल्याएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार अग्रता कायम गरेको छ भने एउटा क्षेत्रमा नेपाली कांग्रेसले आफ्नो साख जोगाउँदै अग्रता लिइरहेको छ ।

रौतहटको क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा खुम्चिएका यस क्षेत्रको सबैभन्दा ठूलो राजनीतिक फेरबदलका रूपमा हेरिएको छ । यहाँ रास्वपाका उम्मेदवार राजेश चौधरीको फराकिलो मतले अग्र स्थानमा छन् । मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार राजेशकुमार चौधरी (रास्वपा): २१,५८८ मत (अग्रता)  अजयकुमार गुप्ता (नेकपा एमाले): ८,११० मत अनिलकुमार झा (नेपाली कांग्रेस): ६,०९४ मत माधवकुमार नेपाल (नेकपा एस): ५,४७२ मतक्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसले आफ्नो पकड कायम राखेको छ । यहाँ कांग्रेस उम्मेदवार फिरदोश आलमले ५,८४५ मतका साथ अग्रता लिएका छन् ।

दोस्रो स्थानमा नेकपा एमालेका किरण साह छन, जो आलमभन्दा ९९० मतले पछाडि छन् । रास्वपाका उम्मेदवार शेख सगिर ४,५९८ मतका साथ प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै लहर देखिएको छ । यहाँ रास्वपाका रविन्द्र पटेल ४,२९७ मतका साथ पहिलो स्थानमा छन् । जसपाका गोविन्द चौधरी ३,१४९ मतका साथ उनलाई पछ्याइरहेका छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साह भने १,६३८ मतका साथ तेस्रो स्थानमा छन्, जुन यस क्षेत्रका लागि अनपेक्षित परिणाम हो ।

रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार गणेश पौडैलले निकै भारी मतको अन्तरले अग्रता लिइरहेका छन् । गणेश पौडैल (रास्वपा): १८,११३ मत, देवप्रसाद तिमल्सिना (कांग्रेस): ७,७११ मत, रामकुमार भट्टराई (नेकपा): ६,३०५ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा हालसम्म ३७,९१७ मत सदर भएको मुख्य निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए । रौतहटको यो प्रारम्भिक नतिजाले स्थापित पुराना शक्ति र ठूला भनिएका नेताहरूलाई नयाँ शक्तिले कडा चुनौती दिएको स्पष्ट पारेको छ । विशेषगरी रास्वपाको पक्षमा देखिएको यो जनलहरले जिल्लाको आगामी राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने निश्चित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
रास्वपा सांसद झालाई रवीन्द्र मिश्रको चिन्ता, राज्यले दुर्व्यवहार गरेको आरोप
रास्वपा सांसद झालाई रवीन्द्र मिश्रको चिन्ता, राज्यले दुर्व्यवहार गरेको आरोप
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा
विराटनगरको रानी क्षेत्रमा झडप, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार
विराटनगरको रानी क्षेत्रमा झडप, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो