इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
३३ पटक हेरिएको
Shares
इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ

सारांश

  • इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एकजना युवा पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–१ घर भएका राजु स्याङतान छन् ।
  • उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ३१ जेठमा साँझ ७ बजेतिर पक्राउ गरेको हो ।

२ असार, काठमाडौं ।

इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–१ घर भएका राजु स्याङतान छन् । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ३१ जेठमा साँझ ७ बजेतिर पक्राउ गरेको हो । उनी सुत्ने ओच्छ्यानको सिरानीमुनि कपडाले बेरेर राखेको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको पेस्ताल प्रहरीले बरामद गरेको छ ।

यो पेस्तोलको म्यागजिन एक थान र १३ राउण्ड गोली पनि बरामद गरिएको प्रहरीले बताएको छ । त्यसैगरी स्याङतानकै गोठमा मैकैको खोस्टाभित्र लुकाएर राखेको कटुवा पेस्ताल पनि प्रहरीले बरामद गरेको छ । उक्त पेस्तोल र १२ राउण्ड गोली बरामद भएको प्रहरीले बताएको छ । उनको घरबाट अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८ सय ग्राम बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनीविरुद्ध लागुऔषध र हातहतियार खरखजनाको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
सुन तस्करीमा डिजिटल वालेट : १ अर्ब २० करोड कारोबार गर्ने एजेन्ट बाराबाट पक्राउ
सुन तस्करीमा डिजिटल वालेट : १ अर्ब २० करोड कारोबार गर्ने एजेन्ट बाराबाट पक्राउ
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ
धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ
बाजुरामा सडेगलेको अवस्था एक महिलाको श*व फेला
बाजुरामा सडेगलेको अवस्था एक महिलाको श*व फेला
रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर दुइ बालिकाको मृ*त्यु
रौतहटमा नदीमा नुहाउने क्रममा डुबेर दुइ बालिकाको मृ*त्यु
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
राजविराजमा निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड
राजविराजमा निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड