नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
२५ पटक हेरिएको
Shares
नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने

सारांश

  •   नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन हुने भएको छ ।
  • आज बैंककमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्षबीच भएको भेटवार्तामा उक्त परिषद् गठनका बारेमा छलफल भएको हो ।
  • महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलसहित दुवै देशका पदाधिकारबीच भएको भेटवार्ताका अवसरमा महासंघले दुई संस्थाहरू बीच संयुक्त व्यापार परिषद् गठनको प्रस्ताव गरेको हो ।

 

२२ चैत, बैंकक। 

नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन हुने भएको छ । आज बैंककमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्षबीच भएको भेटवार्तामा उक्त परिषद् गठनका बारेमा छलफल भएको हो । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलसहित दुवै देशका पदाधिकारबीच भएको भेटवार्ताका अवसरमा महासंघले दुई संस्थाहरू बीच संयुक्त व्यापार परिषद् गठनको प्रस्ताव गरेको हो ।

यो परिषद्ले निरन्तर संवाद, सहकार्य र व्यावसायिक अवसरहरूको खोजीको लागि समर्पित प्लेटफर्मको रूपमा काम गने महासंघका अध्यक्ष ढकालले जानकारी दिए  । “नेपाल लगानीकर्ता र व्यवसायहरूका लागि असंख्य अवसरहरू प्रदान गर्ने उपयुक्त सम्भावनाहरूको भूमिको रूपमा उभिएको छ । संयुक्त वाणिज्य परिषद् गठनको पहलले हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउनेछ र दुवै देशहरूमा आर्थिक वृद्धिलाई अगाडि बढाउनेछ ।” उनले भने । अध्यक्ष ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानुनहरु संशोधन तथा परिमार्जन गरिएको साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूती गरेको अवस्थामा थाई लगानीको लागि आवश्यक थप सहजिकरणका लागि महासंघले पहल गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।

उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा  सम्भावना रहेको जानकारी गराउनु हुँदै नेपालमा थाई व्यवसायीहरुसंग संयुक्त रुपमा लगानी गर्न सकिने समेत बताए । उनले थाइल्याण्डको वाणिज्य चेम्बर र व्यापार बोर्डका सदस्यहरू र बृहत् थाई व्यापार समुदायलाई नेपाल भ्रमण गर्न र नेपालले प्रस्तुत गर्ने सम्भावनाहरूको प्रत्यक्ष अवलोकन गर्न थाई व्यवसायीहरुलाई नेपालमा आमन्त्रण समेत गरे । यस्तै उनले थाई सरकारलाई नेपालीहरुका लागि अनअरावल भिषा दिने प्रक्रियाका लागि पहल गरिदिन पनि थाई चेम्बर अफ कमर्श बोर्ड अफ ट्रेड अध्यक्षमार्फत आग्रह गरे । यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले संयुक्त वाणिज्य परिषद्का माध्यमबाट दुवै देशको आर्थिक विकासमा योगदान गर्न सकिने धारणा राखे । उनले नेपालमा गरिने लगानीको सहजताका लागि  महासंघले नेपाल सरकारसंग आवश्यक सहजिकरण गर्ने समेत बताए ।

यसैबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) को गठन तथा थप आवश्यश्क प्रक्रिया अगाडी बढाउने सहमति भएको छ । सो कार्यका लागि महासंघका महानिर्देशक गोकर्णराज अवस्थी तथा जोइन्ट फरेन चेम्बर अफ कमर्श इन थाइल्याण्डका अध्यक्ष विवेक लिज्याण्ड लिइरभागलाई जिम्मेवारी प्रदान गरिएको छ । यस अघि २०२४ अप्रिल २४ तारिखमा नेपाल–कतार संयुक्त वाणिज्य परिषद् गठन गर्ने सहमति भएको थियो भने सोही सहमती अनुरुप प्रथम अध्यक्ष स्तरिय बैठक २०२४ को अक्टोबर २ तारिखमा कतारको राजधानीमा दोहामा सम्पन्न भएको थियो ।  सो अवसरमा बोल्दै थाई चेम्बर अफ कमर्श बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले महासंघका तर्फबाट व्यक्त धारणाहरु प्रति आफुहरु सकारात्मक रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि बोर्ड अफ ट्रेड तयार रहको बताए ।

उनले नेपाली नागरिकका लागि अनअराइवल भिषा प्रक्रियाका बारेमा पनि सरकारसंग पहल गर्ने बताए।  सो अवसरमा महासंघको तर्फबाट उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ र कार्यसमिति सदस्य पशुपतीदेव पाण्डे तथा थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका  पदाधिकारीहरुको सहभागिता थियो ।  यस अघि प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितीमा बुधबार बैंककमा नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ
सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ
मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
मुटुको समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना 
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
सरकारले १० महिनामा गर्‍यो पौने १२ खर्ब खर्च, वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चियो आम्दानी
सरकारले १० महिनामा गर्‍यो पौने १२ खर्ब खर्च, वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चियो आम्दानी
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै