आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १५, २०८२
|
|
३४ पटक हेरिएको
Shares
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित

सारांश

  • इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) विजयी भएको छ ।
  • शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ ।
  • हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

१५ चैत, काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) विजयी भएको छ । शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले अविजित रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेलेका हुन् ।

उनले ३८ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरेका छन् । देवदत्त पडीकल २६ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । कप्तान रजत पाटीदार ३१ रनमा आउट हुँदा टिम डेबिड १६ रनमा अविजित रहेका हुन् ।  त्यसअघि टस जितेर घरेलु टोलीले बलिङ रोजेपछि ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रनको योगफल तयार गरेको थियो । प्रतियोगिता अन्तरगत आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच राति पौने ८ बजे वान्खडेमा सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?