वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २, २०८१
|
|
६३ पटक हेरिएको
Shares
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो

सारांश

  •  वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।
  • कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
  • सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए ।

२ मंसिर,पर्सा । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए । चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व सङ्कलन पनि घटेको उल्लेख गरे ।

चालु आवको साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व सङ्कलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए । कार्यालयले गत आवको चार महिनामा रु १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु २० करोड चार लाख ५६ हजारले राजस्व सङ्कलनमा कमी आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला
कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
नेम्वाङको निधनप्रति नगर कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम
नेम्वाङको निधनप्रति नगर कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
नवराज विक हत्या प्रकरण: २३ जनालाई जन्मकैद
नवराज विक हत्या प्रकरण: २३ जनालाई जन्मकैद
एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक
एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ
वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ
किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षण
किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षण