Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ८, २०८१
|
|
४० पटक हेरिएको
Shares
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र

सारांश

  •       विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र बनेको छ ।
  • विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो ।
  • पन्ध्र शय्या क्षमताको अस्पताल १७ महिनामा निर्माण सम्पन्न गर्नेगरी विसं २०७७ मङ्सिरमा भ्याली बाबुरत्न जेभी कम्पनीले जिम्मा लिएको थियो ।

८ चैत, पर्वत ।     

विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र बनेको छ । विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो । पन्ध्र शय्या क्षमताको अस्पताल १७ महिनामा निर्माण सम्पन्न गर्नेगरी विसं २०७७ मङ्सिरमा भ्याली बाबुरत्न जेभी कम्पनीले जिम्मा लिएको थियो । समयमा काम नगर्दा निर्माण भएका संरचना पनि जीर्ण बन्दै गएका छन् । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखरामार्फत निर्माण हुन लागेको उक्त भवन रु छ करोड लागतमा बन्न लागेको हो । साउदी सरकारको पुनर्निर्माणसम्बन्धी साउदी फन्डबाट अस्पताल निर्माण थालिएको थियो ।

अस्पताल सम्पन्न भएर सञ्चालनमा आइसक्ने बेला भइसक्दा पनि निर्माण व्यवसायीको लापरबाही र स्थानीय सरकारले दबाब नदिँदा एक तला ढलान गरेर अलपत्र अवस्थामा छाडिएको विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद भुसालले बताउनुभयो । ठेकेदारको लापरबाहीका कारण पाँच वर्षभन्दा बढी भइसक्दा पनि भवन सम्पन्न हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । ठेकेदारले अस्पताल निर्माण सम्झौताअनुसार समयमा सम्पन्न नगरी पटकपटक म्याद थप गर्दै आएको स्थानीय बताउँछन् । काम सम्पन्न गर्ने भन्दै ठेकेदार कम्पनीले अहिलेसम्म तीनपटक निर्माण सम्झौताको म्याद थप गरिसकेको छ ।

अस्पतालका लागि स्थानीय डोलेन्द्र गिरी, राम गिरी, कृष्ण गिरी, भूपेन्द्र पौडेल, भूमिश्वर पौडेल, अर्जुन भट्टराईलगायतले निःशुल्क जग्गा उपलब्ध गराएपछि निर्माण प्रक्रिया सुरु भएको थियो । योसँगै स्थानीयले समयमा सर्वसुलभ स्वास्थ्य सेवा पाउन् भनेर उर्वरायुक्त जमिन दान गरेका जग्गादाता निराश बनेका छन् । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका इन्जिनियर सुवास बरालले ठेकेदार कम्पनीले नियमानुसार पाउनुपर्ने रकम लिइरहेको बताउनुभयो । ठेकदारले ल्याएको बिलबापत रकम लिएको बताउँदै अहिलेसम्म रु एक करोड ६५ लाख भुक्तानी लिइसकेको उहाँले जानकारी दिनुभयो ।

करिब १२ हजार वर्गफिटमा बन्ने भवनमध्ये एउटा ब्लकको केही वर्षपहिले ढलान भए पनि ‘बी ब्लक’को ढलान हुन बाँकी रहेको उहाँले बताउनुभयो । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार भ्याली बाबुरत्न जेभी कम्पनीले स्याङ्जा आरुचौरमा आयुर्वेदिक अस्पताल र सेतीदोभानमा प्राथमिक अस्पतालको भवन निर्माणको सम्झौता गरी करिब रु १९ करोड बराबर निर्माण सम्झौता गरेको थियो । निर्माण जिम्मा लिए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको भवन अलपत्र पारेको भन्दै स्थानीय निराश बनेका छन् ।

विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले गौरवको योजनाका रूपमा रहेको उक्त भवन अलपत्र परेकोबारे सङ्घीय स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेशमा जानकारी गराइएको बताउनुभयो । निर्माण अलपत्र पार्ने ठेकेदारसँग सम्झौता रद्द गरेर अर्कोलाई दिन पहल गरिएको उहाँको भनाइ छ । समयमा अस्पताल नबन्दा विहादीका छ, पैँयू गाउँपालिकाका सातवटा वडाका साथै छिमेकी जिल्ला बागलुङ र गुल्मीका नागरिकहरू सामान्य उपचारका लागि पाल्पा, बुटबलका अस्पतालमा जान बाध्य भएका छन् ।

(रासस)

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर
उपाध्यक्ष बनेको ठाउँमा वरिष्ठ नेता बनेर आउँदा खुसी छु : विद्या भण्डारी
उपाध्यक्ष बनेको ठाउँमा वरिष्ठ नेता बनेर आउँदा खुसी छु : विद्या भण्डारी
काठमाडौँ महानगरमा खुला रूपमा कटन क्याण्डी बेच्न रोक
काठमाडौँ महानगरमा खुला रूपमा कटन क्याण्डी बेच्न रोक
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
गृहमन्त्रीले जनतालाई गुमराहमा राख्न खोजे : माओवादी केन्द्र
गृहमन्त्रीले जनतालाई गुमराहमा राख्न खोजे : माओवादी केन्द्र
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
घट्यो सुनचाँदीको मुल्य घट्यो
घट्यो सुनचाँदीको मुल्य घट्यो