अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ४, २०८३
|
|
४९५ पटक हेरिएको
Shares
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गरेका छन् ।
  • बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताए ।
  • उनले अख्तियारका पदाधिकारी संसदीय समितिमा छलफलका लागि आउन सक्ने भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ जान नहुने धारणा राखे ।

४ भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताए ।

उनले अख्तियारका पदाधिकारी संसदीय समितिमा छलफलका लागि आउन सक्ने भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ जान नहुने धारणा राखे । उनले भने, ‘अख्तियारको पदाधिकारी संसदीय समितिमा आउन मिल्छ, तर कुनै प्रधानमन्त्री, मन्त्रीले बोलाउनेबित्तिकै तपाईंहरू नजानुहोस् । अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन । अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ । अख्तियारले आफ्नो मूल्य पूरा गरिरहेको छैन । त्यो पनि आयोगका पदाधिकारीहरूको आफ्नै कारणले हो। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’ उनले संवैधानिक निकायहरूमा हुने भागबन्डाको राजनीतिसमेत अन्त्य गर्नुपर्ने बताए । संवैधानिक निकायहरूमा पूर्वकर्मचारीहरूको बाहुल्य रहेको भन्दै उनले त्यस्ता संस्थालाई पूर्व कर्मचारीहरूको ‘क्लब’ बन्न नदिनुपर्नेमा जोड दिए । उनले भने, ‘भागबन्डाको राजनीति अन्त्य गरौँ र पूर्वकर्मचारीहरूको क्लब बन्न नदिऔँ । जति संवैधानिक निकाय छन, ती सबै पूर्वकर्मचारीहरूको क्लब वा आयोग बनेका छन् ।’ सांसद सिंहले बैठकमा भ्रष्टाचारबाट प्राप्त रकम सुनमा लगानी भइरहेको विषयसमेत उठाए । उनले भ्रष्टाचारबाट आर्जित रकमलाई विभिन्न माध्यमबाट सुरक्षित राख्ने प्रवृत्तिप्रति अख्तियारले गम्भीर अनुसन्धान गर्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ : गृहमन्त्री लेखक
पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ : गृहमन्त्री लेखक
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
सर्लाहीमा बोलेरोको ठक्करबाट एक जनाको मृ*त्यु
सर्लाहीमा बोलेरोको ठक्करबाट एक जनाको मृ*त्यु
पूर्वबाट फेरि मौसम बदली सुरु: मधेश , बागमती र गण्डकीसम्म त्यसकाे असर हुने
पूर्वबाट फेरि मौसम बदली सुरु: मधेश , बागमती र गण्डकीसम्म त्यसकाे असर हुने
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले बरहथवामा ट्राफ़िक डे संचालन 
सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले बरहथवामा ट्राफ़िक डे संचालन 
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
प्रहरी अस्पतालका डीएसपी चापागाईं ३ महिनादेखि सम्पर्कविहीन
प्रहरी अस्पतालका डीएसपी चापागाईं ३ महिनादेखि सम्पर्कविहीन