सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ६, २०८१
|
|
३१ पटक हेरिएको
Shares
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र

सारांश

  •   मितेरी सहकारी बचत तथा ऋण सहकारीको रकम अपचलनमा ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड कर्नर नोटिसका लागि सिफारिस गरिएको छ ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो ।
  • सीआईबीका एसपी होमिन्द्र बोगटीले उनीहरुविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलको सचिवालयमा पत्राचार गरिएको जानकारी दिए ।

६ कार्तिक, काठमाडौँ।  मितेरी सहकारी बचत तथा ऋण सहकारीको रकम अपचलनमा ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड कर्नर नोटिसका लागि सिफारिस गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो । सीआईबीका एसपी होमिन्द्र बोगटीले उनीहरुविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलको सचिवालयमा पत्राचार गरिएको जानकारी दिए ।

मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए। कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ सो सहकारीको प्रबन्ध निर्देशक हुन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशङ्का गरिएको छ ।

उनले ज्योति गुरुङबाट पनि रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरू बताउँछन् । सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन् विच्छेद गरेको भेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद विकास कोष प्रति मेयर बालेनको टिप्पणी- सांसदहरू वडा अध्यक्षकै लेबलमा
सांसद विकास कोष प्रति मेयर बालेनको टिप्पणी- सांसदहरू वडा अध्यक्षकै लेबलमा
अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै
अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास
घरमा धेरै रकम नराख्न अर्थ मन्त्रालयको आग्रह
घरमा धेरै रकम नराख्न अर्थ मन्त्रालयको आग्रह
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन
विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन
गुल्मीको विद्युत सब – स्टेसनमा आगलागी हुँदा करोडौंको क्षति
गुल्मीको विद्युत सब – स्टेसनमा आगलागी हुँदा करोडौंको क्षति
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ