शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
३७ पटक हेरिएको
Shares
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे

सारांश

  • आज विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरू शिक्षा ऐेन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको अवस्थामा संसद् सञ्चालन भएसँगै शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने बताउनुभयो ।
  • “संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम बजेटमाथिको छलफलको चाप परेको छ”, सभामुख घिमिरेले भन्नुभयो, “विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को हो ।
  • शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ, उहाँले मलाई पनि भेटेर पहल गरिदिन भन्नुभएको छ ।

१० वैशाखः  काठमाडौँ,  

सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को रहेको बताउनुभएको छ । आज विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरू शिक्षा ऐेन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको अवस्थामा संसद् सञ्चालन भएसँगै शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने बताउनुभयो ।

“संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम बजेटमाथिको छलफलको चाप परेको छ”, सभामुख घिमिरेले भन्नुभयो, “विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को हो । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ, उहाँले मलाई पनि भेटेर पहल गरिदिन भन्नुभएको छ ।” बैठकमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदाका दिनबाहेक सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गर्नुभयो । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।

सोहीबमोजिमको तालिकाबारे यही वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ । उपसमितिले यही वैशाख २३ सम्मको समयावधिभित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिनेगरी संसद्ले तयारी गरेको जनाउँदै सभामुख घिमिरेले जुनसुकै दिन विधेयक संसद्मा प्रस्तुत गर्नेगरी तालिका सुरक्षित गर्ने उल्लेख गर्नुभयो । “उपसमितिको प्रतिवेदन आएलगत्तै संसद्ले पारित गर्ने प्रक्रिया सुरु गर्छ । निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा छ । नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामतीलगायत विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै
कञ्चनपुर कारागारमा पनि प्रदर्शनकारीको कब्जा, बन्दीलाई बाहिर निकाल्दै
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
इजरायली  आक्रमणले बेरुतमा आठतले भवन ध्वस्त, २० व्यक्तिको मृत्यु
इजरायली आक्रमणले बेरुतमा आठतले भवन ध्वस्त, २० व्यक्तिको मृत्यु
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
अभ्यासका लागि महिला क्रिकेट टोली भारतमा जाँदै
अभ्यासका लागि महिला क्रिकेट टोली भारतमा जाँदै
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट
राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिको भेट
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...