शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
१४ पटक हेरिएको
Shares
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे

सारांश

  • आज विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरू शिक्षा ऐेन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको अवस्थामा संसद् सञ्चालन भएसँगै शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने बताउनुभयो ।
  • “संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम बजेटमाथिको छलफलको चाप परेको छ”, सभामुख घिमिरेले भन्नुभयो, “विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को हो ।
  • शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ, उहाँले मलाई पनि भेटेर पहल गरिदिन भन्नुभएको छ ।

 

१० वैशाखः  काठमाडौँ,  

सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को रहेको बताउनुभएको छ । आज विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरू शिक्षा ऐेन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको अवस्थामा संसद् सञ्चालन भएसँगै शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने बताउनुभयो ।

“संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम बजेटमाथिको छलफलको चाप परेको छ”, सभामुख घिमिरेले भन्नुभयो, “विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को हो । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ, उहाँले मलाई पनि भेटेर पहल गरिदिन भन्नुभएको छ ।” बैठकमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदाका दिनबाहेक सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गर्नुभयो । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।

सोहीबमोजिमको तालिकाबारे यही वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ । उपसमितिले यही वैशाख २३ सम्मको समयावधिभित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिनेगरी संसद्ले तयारी गरेको जनाउँदै सभामुख घिमिरेले जुनसुकै दिन विधेयक संसद्मा प्रस्तुत गर्नेगरी तालिका सुरक्षित गर्ने उल्लेख गर्नुभयो । “उपसमितिको प्रतिवेदन आएलगत्तै संसद्ले पारित गर्ने प्रक्रिया सुरु गर्छ । निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा छ । नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामतीलगायत विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सुरक्षित मातृत्व कार्यक्रम किन जीवनरक्षक छ ?
सुरक्षित मातृत्व कार्यक्रम किन जीवनरक्षक छ ?
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
सङ्घीय सरकारलाई बागमतीका अर्थमन्त्रीको चुनौती– आफ्नो चालु खर्च घटाएर देखाउनुहोस्
रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा
रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा
निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल जारी
निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल जारी
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
लागूऔषध सहित विभिन्न स्थानबाट १३ पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट १३ पक्राउ
चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ
चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ
बंगलादेशमा बाढीका कारण १८ जनाको मृत्यु
बंगलादेशमा बाढीका कारण १८ जनाको मृत्यु