काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ

सारांश

  • काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ परेका छन् ।
  • गोकर्णेश्वर नगरपालिका–२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२० घर भएका ३३ वर्षीय सुदन जोशीलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
  • उनीबाट पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १० राउन्ड, अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट बरामद भएको छ ।

 

२६ फागुन, काठमाडौं । काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२० घर भएका ३३ वर्षीय सुदन जोशीलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीबाट पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १० राउन्ड, अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट बरामद भएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सुदनको कोठा तलासी गर्दा उक्त पेस्तोल र लागूऔषध फेला पारी सोमबार राति पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?