सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २२, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत

सारांश

  • सर्लाही जिल्लाको विष्णु गा.
  • पा.
  • वडा नं.

२२ वैशाख, सर्लाही । सर्लाही जिल्लाको विष्णु गा.पा. वडा नं. १ बारा उद्योरण गाउमा भएको आगलागीबाट पिडित स्थानियलाई सशस्त्र प्रहरी द्वारा राहत वितरण गरिएको छ।

सर्लाहीकाे विष्णु गा.पा. वडा नं. १ बारा उद्योरण गाउमा भएको आगलागीबाट पिडित स्थानियलाई २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनीका बाहिनि पति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहबाट पिडित ५० घर परिवार लाई राहत वितरण गरिएको छ। राहत स्वरुप प्रत्यक घर परिवारलाइ एक थान कम्बल, एक थान तन्ना, एक थान तन्नाको खोल, एक थान सिरानी, एक थान सिरानीको खोल, एक थान थाल, एक थान कचौरा, एक थान गिलास र एक थान पानीखाने बोतल प्रदान गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले बताए । उहाँले आगलागी पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनी सशस्त्र प्रहरीको तर्फबाट राहत प्रदान गरिको जानकारी दिए ।

कार्यक्रमा सप्रनामनि शाहले दुखकाे अवस्थामा सशस्त्र प्रहरी सदैव नेपाली जनताकाे साथमा रहेकाे र आपसि सहकार्यले जस्ताे सुकै विपद् लाई ब्यावस्थापन गर्न सकिने वताउनु भयाे।कार्यक्रममा विष्णु गा.पा का अध्यक्ष जवाहार लाल यादव, सशस्त्र प्रहरी वल सर्लाहीका गणपति सप्रउ विनाेद खनालकाे उपस्थिति थियाे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?