मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता

सारांश

  • मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
  • हिजो प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको छ ।
  • ‘मधेसले देशलाई खुवाउने अभियान’ लाई केन्द्रमा राख्दै ‘उत्पादन मधेसमा, विस्तार देशमा’ नारा दिइएको छ ।

२४ जेठ, जनकपुर

मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । हिजो प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको छ । ‘मधेसले देशलाई खुवाउने अभियान’ लाई केन्द्रमा राख्दै ‘उत्पादन मधेसमा, विस्तार देशमा’ नारा दिइएको छ । ‘मधेसको शान, स्थानीय मखान’ नाराको साथमा मखान खेतीको विकास विस्तारसहित प्रचारप्रसार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै ‘आँपको बगैंचा, मधेसको समृद्धि’ नाराकासाथमा वृहत आँपको क्षेत्र विस्तार गरिने तथा ‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’ नारामार्फत सिँचाइमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा एक लाख युवालाई रोजगारी दिने उल्लेख छ । बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने मधेस सरकारको लक्ष्य छ । यसअघि गण्डकी र कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?