सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, दुई घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ५, २०८२
|
|
११६ पटक हेरिएको
Shares
सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, दुई घाइते

सारांश

  • सिन्धुली जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृ*त्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
  • जिल्लाको सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरस्थित बी.
  • पी.

५ चैत,रामेछाप ।

सिन्धुली जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृ*त्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरस्थित बी.पी. राजमार्ग सडक खण्डमा सोमबार राति करिब ९ बजे दु*र्घटना भएको इलाका प्रहरी कार्यालय खुर्को टले जनाएको छ ।

प्रहरीका अनुसार चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२-०२७ प ११०० नम्बरको मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको प्र.३-०२-०१४ प ८३६० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । द*र्घटनामा डल्ले माझी (अन्दाजी ४५), मन्थली नगरपालिका–६का बासिन्दाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचारका क्रममा चिकित्सकले राति १०:१५ बजे मृत घोषणा गरेका थिए ।

यस्तै, अर्को मोटरसाइकल चालक कैलाश तोलाङ्गे (३२) र पछाडि सवार दिपेन्द्र के.सी.(४९) घाइते भएका छन्। उनीहरूको दाहिने खुट्टा तथा टाउकोमा चोट लागेको बताइएको छ ।  दुवै घाइतेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । उनीहरूको केएमसी मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दु*र्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने
माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने
४० लाख ठगी गरेको आरोपमा फरार रहेका युवक पक्राउ
४० लाख ठगी गरेको आरोपमा फरार रहेका युवक पक्राउ
सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ
सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ
सुरु भयो चारदिने तीजपर्व, व्रत बस्ने शक्तिका लागि आज दर खाने तयारी
सुरु भयो चारदिने तीजपर्व, व्रत बस्ने शक्तिका लागि आज दर खाने तयारी
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
भूकम्पको डरले घरको छतबाट हाम फाल्ने एक जना घाइते
भूकम्पको डरले घरको छतबाट हाम फाल्ने एक जना घाइते
प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न सरकारलाई सांसद कार्कीको आग्रह
प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न सरकारलाई सांसद कार्कीको आग्रह
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट
गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट
आफ्नै साथीको हत्या आरोपमा एक जना पक्राउ
आफ्नै साथीको हत्या आरोपमा एक जना पक्राउ
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न