सप्तरीमा बाघको आक्रमणबाट तीनजना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
२१ पटक हेरिएको
Shares
सप्तरीमा बाघको आक्रमणबाट तीनजना घाइते

सारांश

  • सप्तकोशी नगरपालिका- १ रक्तमाला टोल र खोरिया टोल नजिकै सोमबार बिहान बाघले आक्रमण गरी तीन जनालाई घाइते बनाएको प्रहरी चौकी फत्तेपुरले जानकारी दिएको छ ।
  • बाघको आक्रमण परी स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाइ घाइते भएको प्रहरी चौकी फत्तेपुरका प्रहरी नायव निरीक्षक पनालाल चौधरीले बताए।
  • घाइतेहरूको पाखुरा, काखी मुनि, आँखाको डिलमा बाघले पञ्जाले कोतरेको छ ।

१९ फागुन, राजविराज : सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकास्थित फत्तेपुर बजार क्षेत्रमा सोमबार बाघको आक्रमणमा परी स्थानीय तीन जना घाइते भएका छन् । सप्तकोशी नगरपालिका- १ रक्तमाला टोल र खोरिया टोल नजिकै सोमबार बिहान बाघले आक्रमण गरी तीन जनालाई घाइते बनाएको प्रहरी चौकी फत्तेपुरले जानकारी दिएको छ ।

बाघको आक्रमण परी स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाइ घाइते भएको प्रहरी चौकी फत्तेपुरका प्रहरी नायव निरीक्षक पनालाल चौधरीले बताए। घाइतेहरूको पाखुरा, काखी मुनि, आँखाको डिलमा बाघले पञ्जाले कोतरेको छ । घाइतेहरूको स्थानीय मोडेल क्लिनिक फत्तेपुरमा उपचार पश्चात थप उपचारको लागि बिष्ट र गोसाइलाई विराटनगर लगिएको छ । बाघ खोरिया टोलस्थित परालको टाल मुनि बसिरहेको र कोशी टप्पु वन्य जन्तु आरक्ष कार्यालयलाई जानकारी गराएको प्रहरी नायव निरीक्षक चौधरीले बताए ।

आरक्षबाट नेपाली सेनासहित प्राविधिक टोली र वन कार्यालयका कर्मचारीहरू फत्तेपुर आइपुगेको स्थानीय पारस दाहालले बताए ।  बाघ बस्तीमा प्रवेश गरेपछि फत्तेपुर बजारबासी त्रसित बनेका छन् । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बजार क्षेत्रको अनुगमन गरी बाघ नियन्त्रणमा लिएर सम्भावित क्षतीलाई रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बाघ नियन्त्रणको प्रयासमा खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

कोशी टप्पु वन्य जन्तु आरक्षको जंगली जनावर र स्थानीयबीच दशकौदेखि द्वन्द्व हुँदै आएको छ । हात्ती र अर्नाको आक्रमणको शिकारमा जनधनको क्षति बेहोरिरहेको उक्त क्षेत्रका बासिन्दामाथि यसपटक बाघले नै आक्रमण गरेको भन्दै दाहालले स्थानीय आरक्ष प्रशासन र राज्यले समाधानको विशेष पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
‘हमासले सात इजरायली बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्‍यो’
आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु
आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै
पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै
प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता
प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री