काठमाडौं महानगरपालिकाको वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौं महानगरपालिकाको वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट

सारांश

  • काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ ।
  • यसअघि ववरमहलमा वहालको भवनबाट सेवा दिँदै आएको वडा आज आफ्नै नवनिर्मित भवनमा सरेर सेवा प्रारम्भ गरेको हो ।
  •   नवनिर्मित भवनमा शिलालेख अनावरण गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘शारीरिक अवस्था कमजोर हुने, व्हील चेयर प्रयोगकर्ता, दृष्टिविहिन सबै सेवाग्राहीहरु हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ ।

 

२६ कात्तिक,काठमाडौं

काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ । यसअघि ववरमहलमा वहालको भवनबाट सेवा दिँदै आएको वडा आज आफ्नै नवनिर्मित भवनमा सरेर सेवा प्रारम्भ गरेको हो ।  नवनिर्मित भवनमा शिलालेख अनावरण गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘शारीरिक अवस्था कमजोर हुने, व्हील चेयर प्रयोगकर्ता, दृष्टिविहिन सबै सेवाग्राहीहरु हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ । हरेक तलामा भएका शौचालय प्रयोग गर्न सक्नुहुन्छ ।’

उनले सार्वजनिक सेवा प्रवाहमा सबैको पहुँच सुनिश्चित गर्ने गरी महानगरपालिकाभित्रका सार्वजनिक भवन निर्माण भइरहेको जानकारी दिए ।भवन उद्घाटन अवसरमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र वडा नं. ९ का अध्यक्ष एवं कृषि पशुपन्छी तथा सहकारी समितिका संयोजक रामजी भण्डारीले वडाको नवनिर्मित भवन वडावासीका लागि गर्व योग्य काम भएको उल्लेख गरे । सेतो रङ्गको भवनलाई बिम्बका रुपमा प्रयोग गर्दै उहाँहरुले, भवनको रङ्गजस्तै सेवा पनि थप पारदर्शी र जवाफदेही हुँदै जाने बताए ।

२०८० मंसिर २८ गते बिहीबार भवन निर्माणका लागि शिलान्यास गरिएको थियो ।  भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बिमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । २०८१ मंसिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मंसिर १२ गते कार्यादेश दिइएको थियो ।इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, ११ आना जमिनमा ७ हजार २५० स्वायरफिट क्षेत्रफलमा भवन निर्माण भएको हो । ४ तलाको भवन बागदरबारकै शैली र उचाइमा निर्माण भएको छ । भवनको भित्री सुविधा आधुनिक छ । भवनको भुइँ तला १ हजार ६३० दशमलव ८१ स्क्वायर फिटको छ । यस तलाबाट सेवा प्रवाह हुनेछ ।

पहिलो तलामा वडाध्यक्ष, वडा सचिव र इञ्जिनियरको कक्ष राखिएको छ । दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष छ । तेस्रो तलामा स्टाफ पेन्ट्री (खाना, खाजा र रिफ्रेसमेन्ट कक्ष), मेलमिलाप कक्ष सञ्चालन गरिनेछ । यही तलामा ५० जना अट्ने सभा कक्ष छ ।वडा सचिव धर्मराज भट्टराईका अनुसार स्वास्थ्य प्रवर्धन केन्द्र ववरमहलबाट नै सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
भारतमा माओवादी नेता मारिएपछि काठमाडौंमा विरोध प्रदर्शन (तस्वीरहरू)
भारतमा माओवादी नेता मारिएपछि काठमाडौंमा विरोध प्रदर्शन (तस्वीरहरू)
भरतपुरमा रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक (तस्बिरहरू)
भरतपुरमा रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक (तस्बिरहरू)
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध
बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै
धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै
टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः दुई पाइलटको मृत्यु
टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः दुई पाइलटको मृत्यु
तीनकुनेमा व्यक्तिका घर तोडफोड
तीनकुनेमा व्यक्तिका घर तोडफोड