विविध कार्यक्रमका साथ आज संसद् दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
विविध कार्यक्रमका साथ आज संसद् दिवस मनाइँदै

सारांश

  • आज संसद् दिवस अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन ।
  • मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।
  • दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

 

१६ असार, काठमाडौं  । आज संसद् दिवस अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन ।

मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो । दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् । यसैगरी राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले ‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाउन आह्वान गरेका छन् । मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् ।

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो । देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ । बलियो संसद् लोकतन्त्रको आधारशीला भएको बताउँदै राजनीतिक विश्लेषकहरूले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
सामाजिक सञ्जालको दरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि
विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि
दार्जिलिङमा बाढी पहिरोमा परी मृ*त्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र
दार्जिलिङमा बाढी पहिरोमा परी मृ*त्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र
विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ
विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ
प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्
प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्
आज एमाले संसदीय दलको बैठक बस्दै
आज एमाले संसदीय दलको बैठक बस्दै
रास्वपासँग फेरि छलफलमा जुटे कुलमान
रास्वपासँग फेरि छलफलमा जुटे कुलमान
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन