हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा

सारांश

  • जिल्ला अदालत, काठमाडौं परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ ।
  • अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो ।
  • जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, पक्राउ परेकामध्ये मोहन, रोनिष र पारसले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका थिए ।

१५ माघ, काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ ।

अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, पक्राउ परेकामध्ये मोहन, रोनिष र पारसले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका थिए । ‘हत्कडीसहित भागेलगत्तै उनीहरुसँग फोन सम्पर्क भएको पनि देखिन्छ, त्यसपछि उम्काउन र भाग्न सल्लाह दिएर डेरा कोठा उपलब्ध गराएर आश्रय दिएको खुलेको छ’, उनले भने, ‘बयानमा पनि उनीहरुले कसुर स्वीकारेका छन् ।’ ठगी मुद्दामा ८ नम्बर इजलासको अगाडि कुर्सीमा बसेर प्रहरी मुद्दाको कागज लिन गएका बेला कमल फरार भएका थिए । उनले प्रहरीसँगको बयानमा ‘भोलि फेरि उपस्थित हुनुपर्ने थाहा पाउँदा लामो समय थुनामा बस्नुपर्ने भयो भन्ने लागेर’ भागेको भनेका छन् ।

‘प्रहरी अदालतको काममा व्यस्त भएका बेला एक्कासी त्यहाँबाट भागेर पठाओ चढेर निस्किएको थिएँ’, उनले भनेका छन्, ‘त्यसपछि पारस तामाङलाई फोन लगाएको थिएँ, त्यसपछि मित मोहबहादुर तामाङको कोठामा गएका थियौं ।’ त्यसपछि त्यहीँ भेट भएका रिल्दु तामाङसँग कोठामा बसेको उनले भनेका छन् । पछि प्रहरी आउनसक्छन् भन्ने भएपछि होटलमा बस्नु भन्ने सुझाव अनुसार जडिबुटीस्थित दोलखाली होटलमा बसेको उनले बताएका छन् । त्यहीँबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसपछि प्रहरीले उनलाई भाग्न सहयोग गर्ने अरु तीन जनालाई पनि नियन्त्रणमा लिएको थियो । प्रहरीले यो विषयमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सरकारी वकिलले अदालतमा समेत मुद्दा दायर गरेको छ । मुलुकी अपराध संहिता अनुसार, थुनुवा भगाएको कसुरमा दुई वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । भाग्ने खड्कालाई पनि सरकारी वकिलले यो मुद्दामा प्रतिवादी बनाएको छ । खड्काविरुद्ध ठगी सम्बन्धी कसुरमा ५० हजार रुपैयाँ धरौटी माग भएपनि रकम जम्मा नगरेपछि अहिले केन्द्रीय कारागार, सुन्धारामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल
अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित
मकवानपुरमा बेपत्ता ६ खेलाडीमध्ये ३ जनाको शव भेटियो
मकवानपुरमा बेपत्ता ६ खेलाडीमध्ये ३ जनाको शव भेटियो
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य