रवि लामिछानेको बयान आज पनि हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २८, २०८१
|
|
६४ पटक हेरिएको
Shares
रवि लामिछानेको बयान आज पनि हुने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान हुने भएको छ।
  • मंगलबार करिब पाँच घण्टा भएको बयान आज बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुनः सुरु हुने रुपन्देही प्रहरीले जनाएको छ।
  • जिल्ला महान्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना महान्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ।

 

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान हुने भएको छ। मंगलबार करिब पाँच घण्टा भएको बयान आज बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुनः सुरु हुने रुपन्देही प्रहरीले जनाएको छ।

जिल्ला महान्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना महान्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ। बयान सकिएपछि गए राति लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो। मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै यो विषय जिबी राईलाई थाहा भएको र आफूलाई राजनीतिक पूर्वाग्रहले फसाइएको बयानका क्रममा बताएको प्रहरी स्रोतले जानकारी दिएको छ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रो पटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो। लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, सङ्गठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी
ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा
मधेस प्रदेशमा छठमा थप एक दिन सार्वजनिक बिदा
माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड
विद्युत प्राधिकरणको तीन महिनामा नाफा नौ अर्ब ११ करोड
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार