सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रवि लामिछानेको बयान आज पनि हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २८, २०८१
|
|
९१ पटक हेरिएको
Shares
रवि लामिछानेको बयान आज पनि हुने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान हुने भएको छ।
  • मंगलबार करिब पाँच घण्टा भएको बयान आज बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुनः सुरु हुने रुपन्देही प्रहरीले जनाएको छ।
  • जिल्ला महान्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना महान्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ।

 

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान हुने भएको छ। मंगलबार करिब पाँच घण्टा भएको बयान आज बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुनः सुरु हुने रुपन्देही प्रहरीले जनाएको छ।

जिल्ला महान्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना महान्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ। बयान सकिएपछि गए राति लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो। मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै यो विषय जिबी राईलाई थाहा भएको र आफूलाई राजनीतिक पूर्वाग्रहले फसाइएको बयानका क्रममा बताएको प्रहरी स्रोतले जानकारी दिएको छ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रो पटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो। लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, सङ्गठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी
सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
परराष्ट्रमन्त्री डा. आरजु राणा बैंकक जाँदै
परराष्ट्रमन्त्री डा. आरजु राणा बैंकक जाँदै
राजेन्द्र महतोको प्रदर्शनमा प्रहरीको लाठीचार्ज – तस्बिरहरू
राजेन्द्र महतोको प्रदर्शनमा प्रहरीको लाठीचार्ज – तस्बिरहरू
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन
घोडेजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
बालकुमारीमा जसपा केन्द्रीय संगठन विभागको बैठक
बालकुमारीमा जसपा केन्द्रीय संगठन विभागको बैठक
आशिका तामाङलाई पाँच दिन कैद सजाय
आशिका तामाङलाई पाँच दिन कैद सजाय