देशभर २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१५३ पटक हेरिएको
Shares
देशभर २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सारांश

  • सरकारले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ।
  • वैशाख ६ र ७ गते देशभर सञ्चालन गरिएको कार्यक्रममा २१ लाख बालबालिकालाई जुकाको औषधि र करिब ८ लाखलाई बालभिटा पनि दिइएको छ।
  • यो कार्यक्रम ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरेर सञ्चालन गरिएको हो।

८ वैशाख, काठमाडौं ।

सरकारले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ। वैशाख ६ र ७ गते देशभर सञ्चालन गरिएको कार्यक्रममा २१ लाख बालबालिकालाई जुकाको औषधि र करिब ८ लाखलाई बालभिटा पनि दिइएको छ।

यो कार्यक्रम ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरेर सञ्चालन गरिएको हो। जुकाको औषधि भने १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई दिइएको थियो भने ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार भिटामिन ‘ए’ ले आँखाको दृष्टि जोगाउने, रोगसँग लड्ने क्षमता बढाउने, कुपोषण कम गर्ने र बालमृत्युदर घटाउन सहयोग गर्छ। यही कारणले सरकारले हरेक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रम सफल बनाउन देशभर करिब ५० हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी खटिएका थिए। सरकारले २०५९ सालदेखि भिटामिन ‘ए’ र २०६७ सालदेखि जुकाको औषधि कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ
स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ
पोखरामा दुई वटा प्याराग्लाइडिङ् दुर्घटना, चार जनाको सकुशल उद्दार
पोखरामा दुई वटा प्याराग्लाइडिङ् दुर्घटना, चार जनाको सकुशल उद्दार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न