‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
३४ पटक हेरिएको
Shares
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल

सारांश

  •   वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ ।
  • अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.
  • डा.

१२ साउन, काठमाडौँ । 

वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ । अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले यसबारे जानकारी गराउनुभएको हो । हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर छैन । ७७ जिल्लाबाट राजधानीमा आएर उपचार गर्दा बिरामी कुरुवाहरु समस्यामा पर्नेकुराको मध्यनजर गरी कुरुवा घरको व्यवस्था गर्न लागेको बताउनु भयो ।

अस्पतालले ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा जाने क्रममा पब्लिक भेइकल बढी हिँड्ने बाटो रहेकाले बिरामीलाई पनि धेरै अफ्ठ्यारो भएको महशुस गरी आकाशे पुलको निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको बताउनु भयो । ओपिडी काउन्टर थपि प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपि निर्माणको योजना बनाएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘विद्यमान सर्भर पुरानो भएको र यसले धान्नै नसक्ने अवस्थामा रहेकाले हामीलाई यसतर्फ पनि थप बजेटको आवश्यक छ । एकीकृत डाटा सेन्टरको स्थापनाको लागि विनम्र अनुरोध गर्दछु । हाम्रो वीर अस्पतालको भौतिक संरचना पुरानो छ । हामी ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा आउने क्रममा बीचमा पब्लिक भेइकल बढी हिँड्ने बाटो भएकाले बिरामीहरुलाई धेरै नै अफ्ठ्यारो भएकाले आकाशे पुलको निर्माणको योजना राखेका छौँ ।

७७ जिल्लाकै बिरामीलार्ई राजधानीमा आएर उपचार गर्दा कुरुवा घरको व्यवस्था नभएकाले आगामी आर्थिक वर्षमा बिरामी कुरुवा घर बनाउनका लागि हामी यो योजनामा राखेका छौँ । ओपिडी काउन्टर थपि प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपि निर्माणको योजना बनाएका छौँ । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि बढाइयोस् । वीर अस्पताल देशको गौरव हो । स्वास्थ्य सेवा प्रवाहको इतिहास बोकेको यस संस्थालाई केन्द्रिय रिफरल तथा अनुसन्धानको केन्द्र बनाउन हामी सबैको एकता, प्रतिवद्धता र समर्पणको आवश्यकता छ ।’ निर्देशक शर्माले अस्पतालको विद्यमान सर्भर पुरानो भएकाले र धान्नसक्ने स्थिति पनि नरहेकाले बजेटको आवश्यकता रहेको बताउनु भयो । । एकीकृत डाटा सेन्टरको स्थापनाको लागि सरकारसँग आग्रह गर्नुभयो । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि  बढाउन माग गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो
मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो
बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट
बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट
धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य
धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
श्रीमतीको ह*त्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ
श्रीमतीको ह*त्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ
वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने
बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने
कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी
कानूनी प्रक्रियाको सामनाका लागि तयार रहनू – कान्तिपुरलाई रास्वपाको चेतावनी
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ