दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार

सारांश

  • अजय यादव दुम्सी मार्ने क्रममा प्वालमा फसेका एक पुरुषको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।
  • सप्तरीको कञ्चनरुप नगरपालिका–११, बक्सा निवासी करिब ५० वर्षीय दिलीप रेग्मी दुम्सी बस्ने प्वालमा छिर्ने क्रममा अड्किएका थिए।
  • उनी प्वालभित्र फसेपछि बाहिर ननिस्किएपछि साथमा गएका व्यक्तिहरूले तत्काल सुरक्षाकर्मीलाई खबर गरेका थिए।

 

२८ मंसिर,सप्तरी । अजय यादव

दुम्सी मार्ने क्रममा प्वालमा फसेका एक पुरुषको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ। सप्तरीको कञ्चनरुप नगरपालिका–११, बक्सा निवासी करिब ५० वर्षीय दिलीप रेग्मी दुम्सी बस्ने प्वालमा छिर्ने क्रममा अड्किएका थिए। उनी प्वालभित्र फसेपछि बाहिर ननिस्किएपछि साथमा गएका व्यक्तिहरूले तत्काल सुरक्षाकर्मीलाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदह र सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मी तथा नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको थियो। टोलीले करिब पाँच घण्टासम्म चलेको प्रयासपछि जमिनमुनि करिब २० मिटर भित्र फसेका रेग्मीलाई सकुशल उद्धार गरेको हो। उद्धारपछि रेग्मीलाई उपचारका लागि धर्मेश्वर अस्पताल, ठेलिया पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। उनी पहिले देखि नै दुम्सीको सिकार गर्दै आइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?