प्रधानमन्त्री ‘प्रचण्ड’ आज मेलम्ची अवलोकनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २, २०८०
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ‘प्रचण्ड’ आज मेलम्ची अवलोकनमा

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार मेलम्ची आएका छन् ।
  • प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए ।
  • प्रधानमन्त्रीसागै खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची पुगेका छन् ।

२ असार, मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार मेलम्ची आएका छन् ।

प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्रीसागै खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची पुगेका छन् । आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले स्थानीय पदाधिकारीसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम छ । विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो ।

काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालीन रुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो । सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ । सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ ।

विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो । विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण
सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण
संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस
संविधान दिवसमा ४९२ जना कैदीबन्दीलाई रिहा गर्न सिफारिस
नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो
नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त
धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो
धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो
तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी