Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १, २०८२
|
|
३३ पटक हेरिएको
Shares
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.
  • सुधा शर्मा गौतमले वीर अस्पतालको निरीक्षण गरेकी छिन् ।
  • सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले परामर्श सेवामा बिरामीहरुलाई कुरा बुझाइदिने विषयमा कमजोर भएको भन्दै सुधार गर्न निर्देशन दिइन् ।

१ मंसिर, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको निरीक्षण गरेकी छिन् । सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले परामर्श सेवामा बिरामीहरुलाई कुरा बुझाइदिने विषयमा कमजोर भएको भन्दै सुधार गर्न निर्देशन दिइन् । उनले भनिन्,‘हाम्रो परामर्श सेवामा बिरामीलाई कुरा बुझाइदिने विषयमा कमजोर रहेछौं । त्यसलाई हामीले सुधार गर्नैपर्छ । बिरामीले भनेको छ, एउटा हामीले बुझेका छौं अर्को । त्यसमा सुधार्नै पर्छ । उपचार राम्रो हुँदै गएको छ, तर बिरामीलाई बुझाउने पक्ष अझै सुधार गर्न आवश्यक छ ।’

त्यस्तै उनले निजी अस्पतालमा भन्दा राम्रो स्वास्थ्य सेवा वीर अस्पतालमा भइरहेको भन्दै उनले सर्वसाधारणलाई सरकारी अस्पतालको उपचार सेवा ढुक्क भएर लिन आग्रह गरिन् । वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री गौतमले वीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिँदै केही बिरामीका गुनासा पनि सुनेकी थिइन् । उनले बिरामीहरुबाट चिकित्कहरुले रुखो व्यवहार गर्ने गरेको गुनासो गरेको सुनाइन्् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानीमा किरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई दुई लाख जरिवाना
खानेपानीमा किरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई दुई लाख जरिवाना
मोरङमा डिजेको प्रयोगमा रोक
मोरङमा डिजेको प्रयोगमा रोक
मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि
मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
माधव नेपालविरूद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
रात्रिबस दिउँसो चलाउन व्यवसायीहरुको माग
रात्रिबस दिउँसो चलाउन व्यवसायीहरुको माग
मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ
मेरो पालिकामा १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्ड्याइदिन्छु :मेयर हर्क साम्पाङ
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा