त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
४१ पटक हेरिएको
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा

सारांश

  • गएको कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि हिजोसम्म दैनिक १४ घण्टामात्रै रहेकामा आजदेखि सञ्चालन अवधि बढेको हो ।
  • सञ्चालन अवधि बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नयाँ उडान तालिकासमेत निर्धारण गरेको छ ।
  • विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डानुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि बढाएको विमानस्थलले जनाएको छ ।

१९ चैत,  काठमाण्डौ –

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा आएको छ । गएको कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि हिजोसम्म दैनिक १४ घण्टामात्रै रहेकामा आजदेखि सञ्चालन अवधि बढेको हो । सञ्चालन अवधि बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नयाँ उडान तालिकासमेत निर्धारण गरेको छ ।

विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डानुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि बढाएको विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने ‘लिङ्क वे’ को निर्माण सम्पन्न भएको छ । योसँगै धावनमार्गबाट निर्माण स्थलसम्म कायम हुनुपर्ने न्यूनतम दूरीको मापदण्ड पूरा हुने अवस्थासँगै सञ्चालन अवधि बढाउन लागिएको हो । अब काठमाण्डौ विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो ।

सञ्चालन अवधि बढेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका कम्पनीहरूको उडानको सङ्ख्यासमेत आनुपातिक रूपमा बढ्ने विमानस्थल कार्यालयले जनाएको छ । तर अहिले तोकिएको सञ्चालन अवधि कात्तिक २३ अघिको भन्दा कम हो । विमानस्थलको स्तरोन्नति शुरू हुनुअघि विमानस्थल राति साढे २ बजेसम्म सञ्चालन हुन्थ्यो भने बिहान ६ नबज्दै खुलिसक्थ्यो ।अहिले सञ्चालन अवधिलाई रातमा २ घण्टा तथा बिहानको १ घण्टा घटाइएको छ । अब यो नै विमानस्थलको पूर्णकालीन सञ्चालन अवधि हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य
२ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
पाँच प्रदेशका ६०४ कार्यालयद्वारा कानूनविपरीत अर्बौं भुक्तानी
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो: मुख्यमन्त्री सिंह
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो: मुख्यमन्त्री सिंह
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
आईसिसी विश्वकप लिग–२ घरेलु मैदानमा यूएईको लज्जास्पद हार
आईसिसी विश्वकप लिग–२ घरेलु मैदानमा यूएईको लज्जास्पद हार
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री