लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

सारांश

  • नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ ।
  • केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय आगमनकक्षबाट पक्राउ गरिएको हो ।
  • यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना, पोखरा नगरपालिका–२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको हो ।

 

६ चैत, काठमाडौँ ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय आगमनकक्षबाट पक्राउ गरिएको हो ।

यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना, पोखरा नगरपालिका–२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको हो । बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बाट एक जना र दाङको घोराही उपमहानगरपालिका–१८ गाउँबेँसी टोलबाट पाँच जनालाई पक्राउ गरिएको छ । समाचारकक्षका अनुसार उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ