नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
१३ पटक हेरिएको
Shares
नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट

सारांश

  • बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साह देखिएको छ ।
  • नेप्सेमा उत्साह देखिए पनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ ।
  • आज नेप्से ४०.

 

१३ चैत, काठमाडौं ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साह देखिएको छ । नेप्सेमा उत्साह देखिए पनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ । आज नेप्से ४०.४७ अंकले अर्थात् १.५६ प्रतिशतले बढेर २६२३.२१ विन्दुमा पुगेको छ । मंगलबार ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज नेप्से बढ्दा कारोबार भने ४ अर्ब २० करोड ४४ लाख रुपैयाँ बराबरको मात्र भएको छ ।


आज दिनभरमा ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २३१ वटा कमपनीको शेयर मूल्य बढेको छ ।  १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । आज दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ४८ हजार ७८५ पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी अन्य समूह २.२८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.४९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?