फिस्लिङ दुर्घटना : मृतकको पहिचान खुल्यो, राजमार्ग सुचारु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ३, २०८१
|
|
३० पटक हेरिएको
Shares
फिस्लिङ दुर्घटना : मृतकको पहिचान खुल्यो, राजमार्ग सुचारु

सारांश

  • चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।
  • इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका-६ की ४५ वर्षीया सीता प्रजा रहेकी छन् ।
  • चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको थियो ।

 

३ मंसिर, काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका-६ की ४५ वर्षीया सीता प्रजा रहेकी छन् ।

चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको थियो । दुर्घटनापछि स्थानीयले आधा घण्टा बाटो अवरुद्ध पारेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनबाट आएको डीएसपी ज्ञानकुमार महतोको टोलीले अवरुद्ध बाटो खुलाएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ