Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
४३ पटक हेरिएको
Shares
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग

सारांश

  • प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् ।
  • सभामुख रामचन्द्र मण्डलले बैठकको कारबाही अगाडि बढाएलगत्तै प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एसका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।
  • जसपा नेपालका सांसद रामआशिष यादवले माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिए ।

२५ असार, जनकपुरधाम ।

प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् । सभामुख रामचन्द्र मण्डलले बैठकको कारबाही अगाडि बढाएलगत्तै प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एसका सांसदहरुले उभिएर विरोध जनाएका थिए । जसपा नेपालका सांसद रामआशिष यादवले माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिए । उनले बजेटमा बिचौलिया हावी भएको र असमान ढंगले बजेट विनियोजन गरिएकोमा आपत्ति जनाए ।

सांसद यादवले भने, ‘आज संसदमा सत्तापक्षकै अधिकांश सांसद उपस्थित छैनन् । उहाँहरुलाई पनि बजेट मन परेको छैन । आजको अनुपस्थितिले यही देखाउँछ ।’ बजेटको विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच निरन्तर प्रयास भए पनि कुरा मिलेको छैन । सहमति नजुटेपछि लगातार तीन दिन संसद चल्न सकेन । सांसद यादवले बजेट पुनर्लेखन नगरेसम्म अन्य कुनै सहमति नहुने स्पष्ट पारे ।

बजेटमा बिचौलिया हावी भएको र आफ्नो क्षेत्रकै ठूला योजनाहरुमा ५-१० लाख बजेटमात्र विनियोजन गरिएको भन्दै सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीकै अध्यक्ष सीके राउतले विरोध जनाएका थिए । तर पछिल्लो समय उनले बजेटको प्रशंसा गरिरहेका छन् । सत्तारुढ नेपाली कांग्रेस पनि बजेटको विषयमा विभाजित छ । कांग्रेस दलका नेता कृष्णप्रसाद यादव बजेटको पक्षमा छन् भने उपनेता वीरेन्द्र सिंहले विरोध जनाइरहेका छन् । बजेटबारे नेकपा एमाले भने मौन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
वीरगञ्ज नाकाबाट ५ खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात
वीरगञ्ज नाकाबाट ५ खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
युएईविरुद्ध कप्तान देव खनालको शतक
युएईविरुद्ध कप्तान देव खनालको शतक
कोभिड र आपूर्ति सङ्कटबीच वित्तीय स्थायित्व जोगाउन सफल भएको गभर्नर अधिकारीको भनाइ
कोभिड र आपूर्ति सङ्कटबीच वित्तीय स्थायित्व जोगाउन सफल भएको गभर्नर अधिकारीको भनाइ
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते
चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते