Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १२, २०८१
|
|
५१ पटक हेरिएको
Shares
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण

सारांश

  • गृहमन्त्री रमेश लेखकले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई स्पष्टीकरण सोधेका छन् ।
  • दुई जिल्लाका सिडिओहरूलाई गृह मन्त्रालयमा बोलाएर मन्त्री लेखकले मौखिक स्पष्टीकरण मागेका हुन्।
  • महोत्तरीमा सीडीओ रहेका कवारीको मातहतमा काम गरिरहेका नायब सुब्बा अशोककुमार यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेपछि सिडिओ समेत शंकाको घेरामा परेका थिए ।

 

१२ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई स्पष्टीकरण सोधेका छन् । दुई जिल्लाका सिडिओहरूलाई गृह मन्त्रालयमा बोलाएर मन्त्री लेखकले मौखिक स्पष्टीकरण मागेका हुन्।

महोत्तरीमा सीडीओ रहेका कवारीको मातहतमा काम गरिरहेका नायब सुब्बा अशोककुमार यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेपछि सिडिओ समेत शंकाको घेरामा परेका थिए । सवारी ज्यान कसुर मुद्दामा कृया खर्च तथा क्षतिपूर्ति बापतको रकम लिन जाँदा घुसररिसवत लिएको भेटेपछि सुब्बा यादवलाई अख्तियारले रंगेहात समातेको थियो ।

कवारी सप्तरीको सिडिओ हुँदा पनि विवादमा तानिएका थिए। त्यसैले गोरखा जिल्लाको सिडिओमा हाजिर हुन पाएका थिएनन्। आफ्नै गृह जिल्ला महोत्तरीको सिडिओ बनेका कवारी आफू मातहतको कर्मचारीलाई घुस रकमसहित अख्तियारले रंगेहात समातेपछि विवादमा तानिएका हुन्।

रुपन्देहीबाट पर्सा पुगेका सिडिओ अर्याल पनि विवादमा तानिएका छन्। बुटवलको आम्दा अस्पतालमा भएको घटनामा ‘अस्पतालमा आगो लगाइदिन्थे’ भनेर अभिव्यक्ति दिएपछि विवादमा परेका हुन्। सिडिओ अर्याललाई जिम्मेवारीबाट हटाउन नेपाल चिकित्सक संघले गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराइसकेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आज पनि घट्यो सुनको भाउ, चाँदीको मूल्य पनि ओरालो
आज पनि घट्यो सुनको भाउ, चाँदीको मूल्य पनि ओरालो
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित
बैंगलुरुसँग मुम्बई इन्डियन्स १८ रनले पराजित
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक