पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १२, २०८१
|
|
४० पटक हेरिएको
Shares
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण

सारांश

  • गृहमन्त्री रमेश लेखकले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई स्पष्टीकरण सोधेका छन् ।
  • दुई जिल्लाका सिडिओहरूलाई गृह मन्त्रालयमा बोलाएर मन्त्री लेखकले मौखिक स्पष्टीकरण मागेका हुन्।
  • महोत्तरीमा सीडीओ रहेका कवारीको मातहतमा काम गरिरहेका नायब सुब्बा अशोककुमार यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेपछि सिडिओ समेत शंकाको घेरामा परेका थिए ।

१२ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई स्पष्टीकरण सोधेका छन् । दुई जिल्लाका सिडिओहरूलाई गृह मन्त्रालयमा बोलाएर मन्त्री लेखकले मौखिक स्पष्टीकरण मागेका हुन्।

महोत्तरीमा सीडीओ रहेका कवारीको मातहतमा काम गरिरहेका नायब सुब्बा अशोककुमार यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेपछि सिडिओ समेत शंकाको घेरामा परेका थिए । सवारी ज्यान कसुर मुद्दामा कृया खर्च तथा क्षतिपूर्ति बापतको रकम लिन जाँदा घुसररिसवत लिएको भेटेपछि सुब्बा यादवलाई अख्तियारले रंगेहात समातेको थियो ।

कवारी सप्तरीको सिडिओ हुँदा पनि विवादमा तानिएका थिए। त्यसैले गोरखा जिल्लाको सिडिओमा हाजिर हुन पाएका थिएनन्। आफ्नै गृह जिल्ला महोत्तरीको सिडिओ बनेका कवारी आफू मातहतको कर्मचारीलाई घुस रकमसहित अख्तियारले रंगेहात समातेपछि विवादमा तानिएका हुन्।

रुपन्देहीबाट पर्सा पुगेका सिडिओ अर्याल पनि विवादमा तानिएका छन्। बुटवलको आम्दा अस्पतालमा भएको घटनामा ‘अस्पतालमा आगो लगाइदिन्थे’ भनेर अभिव्यक्ति दिएपछि विवादमा परेका हुन्। सिडिओ अर्याललाई जिम्मेवारीबाट हटाउन नेपाल चिकित्सक संघले गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराइसकेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक
राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक
स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
भारतीय उद्योगपति रतन टाटाको निधन
भारतीय उद्योगपति रतन टाटाको निधन
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
जसपा नेपालको समर्थनमा अध्यादेश पारित हुन्छ : नेपाली कांग्रेस
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन
एमसीसी बन्द भएको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भने- मुलुक बनाउन अरूको आस गर्नु हुँदैन
सिरहाको गोलबजारमा युवकको शव फेला
सिरहाको गोलबजारमा युवकको शव फेला
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला