Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
३६ पटक हेरिएको
Shares
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक

सारांश

  • गाजामा बस्ने प्यालेस्टाइनीहरूलाई त्यहाँबाट हटाउनका लागि बोस्टन कन्सल्टिङ ग्रुप नामक अमेरिकी कम्पनीले ५ अर्ब डलर खर्च गर्ने योजना बनाएको खबर दिएको छ ।
  • अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध सकिएपछि गाजापट्टिलाई विलासी रिजोर्ट क्षेत्र बनाउने अवधारणा अघि सारेपछि उक्त कम्पनीले त्यसका लागि योजनाहरू बनाएको हो ।
  • बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) ले प्रोजेक्ट अरोराको योजना निर्माणका लागि सात महिना र ४० लाख डलर खर्च गरेको थियो ।

२२ असार, गाजा।

गाजामा बस्ने प्यालेस्टाइनीहरूलाई त्यहाँबाट हटाउनका लागि बोस्टन कन्सल्टिङ ग्रुप नामक अमेरिकी कम्पनीले ५ अर्ब डलर खर्च गर्ने योजना बनाएको खबर दिएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध सकिएपछि गाजापट्टिलाई विलासी रिजोर्ट क्षेत्र बनाउने अवधारणा अघि सारेपछि उक्त कम्पनीले त्यसका लागि योजनाहरू बनाएको हो । बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) ले प्रोजेक्ट अरोराको योजना निर्माणका लागि सात महिना र ४० लाख डलर खर्च गरेको थियो । त्यस योजनालाई इजरायल र अमेरिकाले समर्थन गरेका छन् ।

५ लाखभन्दा बढी प्यालेस्टाइनीहरूलाई गाजाबाट विस्थापित गर्ने कदम त्यस योजनाको केन्द्रमा छ । प्रत्येक प्यालेस्टाइनीलाई ९ हजार डलर दिएर हटाउने योजना बनाइएको छ । त्यसको कुल खर्च ५ अर्ब डलर हुनेछ । अहिले प्यालेस्टाइनीहरूलाई गाजामा बस्न दिएर सहयोग उपलब्ध गराउनुभन्दा यो लगानी सस्तो पर्ने बताइएको छ । यसलाई मूर्त रूप दिनका लागि गाजा ह्युमानिटेरियन फाउन्डेशन (जीएचएफ) नामक संस्था खोलिएको छ । त्यसलाई अमेरिकाका सुरक्षा कम्पनीहरूले सञ्चालन गरेका छन् र इजरायली सेनाले सुरक्षा दिइरहेको छ । अमेरिकाले त्यसका लागि ३ करोड डलर लगानी गरिएको घोषणा गत साता गरेको थियो । जीएचएफले गाजामा ४ वटा सहायता वितरण केन्द्र चलाइरहेको छ ।

ती केन्द्रहरूमा सहायता लिन पुगेका ४०० भन्दा बढी प्यालेस्टाइनीहरूलाई इजरायली सुरक्षाकर्मीहरूले गोली हानेर हत्या गरिसकेको गाजाका स्वास्थ्य अधिकारीहरू बताउँछन् । संयुक्त राष्ट्रसंघले यस सहायता वितरण केन्द्रलाई इजरायलको युद्ध लक्ष्यको बाहिरी आवरणका रूपमा लिएको छ । बीसीजीको टोलीले बन्दोबस्तीको सामान, ठेक्का बोलपत्र र खाद्यान्न खरिद लगायतका विषयमा सल्लाह दिने गरेको छ । फाइनान्सियल टाइम्सका अनुसार, गाजावासीहरूलाई गोली हानेर लखेट्नुका साथसाथै पैसा दिएर पनि विस्थापित गराउन बीसीजीको योजना अघि बढाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार
जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार
पूर्वराजालाई मैले कुनै महत्व दिएको छैन: प्रचण्ड
पूर्वराजालाई मैले कुनै महत्व दिएको छैन: प्रचण्ड
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने
भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने
राति यात्रा नगर्न सडक विभागको अनुरोध
राति यात्रा नगर्न सडक विभागको अनुरोध
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति