गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
३० पटक हेरिएको
Shares
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक

सारांश

  • गाजामा बस्ने प्यालेस्टाइनीहरूलाई त्यहाँबाट हटाउनका लागि बोस्टन कन्सल्टिङ ग्रुप नामक अमेरिकी कम्पनीले ५ अर्ब डलर खर्च गर्ने योजना बनाएको खबर दिएको छ ।
  • अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध सकिएपछि गाजापट्टिलाई विलासी रिजोर्ट क्षेत्र बनाउने अवधारणा अघि सारेपछि उक्त कम्पनीले त्यसका लागि योजनाहरू बनाएको हो ।
  • बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) ले प्रोजेक्ट अरोराको योजना निर्माणका लागि सात महिना र ४० लाख डलर खर्च गरेको थियो ।

२२ असार, गाजा।

गाजामा बस्ने प्यालेस्टाइनीहरूलाई त्यहाँबाट हटाउनका लागि बोस्टन कन्सल्टिङ ग्रुप नामक अमेरिकी कम्पनीले ५ अर्ब डलर खर्च गर्ने योजना बनाएको खबर दिएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध सकिएपछि गाजापट्टिलाई विलासी रिजोर्ट क्षेत्र बनाउने अवधारणा अघि सारेपछि उक्त कम्पनीले त्यसका लागि योजनाहरू बनाएको हो । बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) ले प्रोजेक्ट अरोराको योजना निर्माणका लागि सात महिना र ४० लाख डलर खर्च गरेको थियो । त्यस योजनालाई इजरायल र अमेरिकाले समर्थन गरेका छन् ।

५ लाखभन्दा बढी प्यालेस्टाइनीहरूलाई गाजाबाट विस्थापित गर्ने कदम त्यस योजनाको केन्द्रमा छ । प्रत्येक प्यालेस्टाइनीलाई ९ हजार डलर दिएर हटाउने योजना बनाइएको छ । त्यसको कुल खर्च ५ अर्ब डलर हुनेछ । अहिले प्यालेस्टाइनीहरूलाई गाजामा बस्न दिएर सहयोग उपलब्ध गराउनुभन्दा यो लगानी सस्तो पर्ने बताइएको छ । यसलाई मूर्त रूप दिनका लागि गाजा ह्युमानिटेरियन फाउन्डेशन (जीएचएफ) नामक संस्था खोलिएको छ । त्यसलाई अमेरिकाका सुरक्षा कम्पनीहरूले सञ्चालन गरेका छन् र इजरायली सेनाले सुरक्षा दिइरहेको छ । अमेरिकाले त्यसका लागि ३ करोड डलर लगानी गरिएको घोषणा गत साता गरेको थियो । जीएचएफले गाजामा ४ वटा सहायता वितरण केन्द्र चलाइरहेको छ ।

ती केन्द्रहरूमा सहायता लिन पुगेका ४०० भन्दा बढी प्यालेस्टाइनीहरूलाई इजरायली सुरक्षाकर्मीहरूले गोली हानेर हत्या गरिसकेको गाजाका स्वास्थ्य अधिकारीहरू बताउँछन् । संयुक्त राष्ट्रसंघले यस सहायता वितरण केन्द्रलाई इजरायलको युद्ध लक्ष्यको बाहिरी आवरणका रूपमा लिएको छ । बीसीजीको टोलीले बन्दोबस्तीको सामान, ठेक्का बोलपत्र र खाद्यान्न खरिद लगायतका विषयमा सल्लाह दिने गरेको छ । फाइनान्सियल टाइम्सका अनुसार, गाजावासीहरूलाई गोली हानेर लखेट्नुका साथसाथै पैसा दिएर पनि विस्थापित गराउन बीसीजीको योजना अघि बढाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करणले केसी लिए नेपालका लागि दोस्रो विकेट
करणले केसी लिए नेपालका लागि दोस्रो विकेट
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
‘सर्वोत्कृष्ट प्रहरी’ प्रसनी रागनी यादव आइजीपी कार्कीबाट ४० हजार नगदसहित सम्मानित
‘सर्वोत्कृष्ट प्रहरी’ प्रसनी रागनी यादव आइजीपी कार्कीबाट ४० हजार नगदसहित सम्मानित
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
पार्टी संगठन विस्तारमा लाग्न नेताकार्यकर्तालाई महतोको आग्रह
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न मुख्यमन्त्रीको आग्रह
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न मुख्यमन्त्रीको आग्रह
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र