एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ३, २०८०
|
|
१८ पटक हेरिएको
Shares
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित

सारांश

  • एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ ।
  • लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ हुने भएको छ ।
  • यसअघि मङ्सिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मङ्सिर पुस १ गते भने रिट निवेदककै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

काठमाडौँ । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ ।

लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ हुने भएको छ । यसअघि मङ्सिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मङ्सिर पुस १ गते भने रिट निवेदककै कानुन व्यवसायीले स्थगित गराएका थिए । पुस २ गते सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको रिट बेञ्च बस्न नभ्याएर स्थगितमा परेको थियो ।  सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् । सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरिएको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठुला करदाता कार्यालयलाई विपक्षी बनाएको छ । मंगलबार सिंहको रिट सुनुवाइ हुने निश्चितजस्तै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशमा हसिनासहित सिंगो मन्त्रिपरिषदमाथि मुद्धा दर्ता
बंगलादेशमा हसिनासहित सिंगो मन्त्रिपरिषदमाथि मुद्धा दर्ता
गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन : अध्यक्ष दाहाल
गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन : अध्यक्ष दाहाल
प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान
प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै
मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइँदै
मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइँदै
विमान दुर्घटना : मृतकको शव आफन्तले ३ दिनपछि पाउने
विमान दुर्घटना : मृतकको शव आफन्तले ३ दिनपछि पाउने
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ