मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २, २०८३
|
|
३५५ पटक हेरिएको
Shares
मिथिलाञ्चलमा आज वट सावित्री पर्व मनाइँदै

सारांश

  • मिथिलाञ्चल क्षेत्रमा आज विवाहित मैथिली महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य र पारिवारिक समृद्धिको कामना गर्दै वट सावित्री पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् ।
  • मिथिला क्षेत्रमा यस पर्वलाई ‘वसराइत पावइन’ नामले समेत चिनिन्छ ।
  • हरेक वर्ष जेठ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा महिलाले निराहार व्रत बसेर वर र पीपलको रुखमुनि सामूहिक रूपमा पूजा–आराधना गर्ने परम्परा छ ।

२ जेठ, सर्लाही ।

मिथिलाञ्चल क्षेत्रमा आज विवाहित मैथिली महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य र पारिवारिक समृद्धिको कामना गर्दै वट सावित्री पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् । मिथिला क्षेत्रमा यस पर्वलाई ‘वसराइत पावइन’ नामले समेत चिनिन्छ । हरेक वर्ष जेठ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा महिलाले निराहार व्रत बसेर वर र पीपलको रुखमुनि सामूहिक रूपमा पूजा–आराधना गर्ने परम्परा छ । पूजा क्रममा पान, सुपारी, केरा, फलफूल, धूप तथा अगरबत्ती चढाइन्छ भने वरको रुखमा रातो र पहेँलो धागो बेरेर पूजा गरिन्छ ।

व्रतालु महिलाले धानको लावा भुटी बेसारबाट गौरीको आकृति बनाउने, वरको रुखलाई रंग्याइएको काँचो धागोले बेर्ने तथा औँसीका दिन विधिपूर्वक पूजा गर्ने चलन छ । भोलिपल्ट बिहान स्नानपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएसँगै पर्व समापन गरिन्छ । धार्मिक मान्यताअनुसार सत्ययुगमा सावित्रीले कठोर व्रत र तपस्यामार्फत यमराजबाट आफ्ना पति सत्यवानको प्राण फिर्ता ल्याएकी थिइन् । सोही विश्वासका आधारमा मिथिलाञ्चलमा विवाहित महिलाले पतिको दीर्घायु र अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा रहँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
ओली आफैले प्रधानमन्त्रीलाई बुझाए ७५१ बुँदे माग
ओली आफैले प्रधानमन्त्रीलाई बुझाए ७५१ बुँदे माग
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
दुनियाँबाट बिदा हुन अघि समाजवादको आधार तयार पारेरै छाड्छु : प्रचण्ड
दुनियाँबाट बिदा हुन अघि समाजवादको आधार तयार पारेरै छाड्छु : प्रचण्ड
नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो
नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम