कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
६९ पटक हेरिएको
Shares
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

सारांश

  • जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौ सय मिटर सिँचाइ कुलो निर्माण गरेको छ ।
  • कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले जानकारी दिए ।
  • उनका अनुसार ठेक्कामार्फत शुक्लाफाँटा नगरपालिका–८ र बेदकोट नगरपालिका–७ र ८ मा दुई हजार आठ सय ७५ मिटर कुलो निर्माण गरेको हो ।

४ भदौ, कञ्चनपुर ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौ सय मिटर सिँचाइ कुलो निर्माण गरेको छ । कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले जानकारी दिए । उनका अनुसार ठेक्कामार्फत शुक्लाफाँटा नगरपालिका–८ र बेदकोट नगरपालिका–७ र ८ मा दुई हजार आठ सय ७५ मिटर कुलो निर्माण गरेको हो ।

साथै उपभोक्ता समितिमार्फत एक हजार २७ मिटर कुलो निर्माण गरिएको छ ।  “गत आवमा सम्पन्न कुलोबाट ७५ हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध भएको छ, २८७ मिटरमा मुहान संरक्षण र तीन वटा पोखरी निर्माण गरिएको छ”, प्रमुख विष्टले भने । उनले तटबन्धमार्फत आठ हेक्टर जग्गा संरक्षण गरिएको समेत उल्लेख गरे ।

उनले एक हजार १२४ मिटर ठेक्का र चार हजार ८६८ मिटर तटबन्ध उपभोक्ता समितिमार्फत निर्माण गरिएको बताए । “यहाँको चौधर र पथरीया नदी नियन्त्रणका लागि तटबन्ध निर्माण  गरेका छौँ, गत आवमा कार्यालयले सिँचाइ संरचना र तटबन्ध निर्माणमा ९५ प्रतिशत भौतिक प्रगति गरेको छ”, उनले भने।  उनका अनुसार तटबन्ध तथा बाँध निर्माणमा रु १२ करोड १४ लाख ८२ हजार खर्च भएको छ । साथै सिँचाइ संरचना निर्माणमा रु दुई करोड ६३ लाख २० हजार खर्च भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड
पुलमा भ्वाङ परेपछि अवरुद्ध यातायात डाइभर्सन बनाएर खोलियो
पुलमा भ्वाङ परेपछि अवरुद्ध यातायात डाइभर्सन बनाएर खोलियो
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन
महामारीमा संयमित भइ सेवा प्रवाह गर्न वीरगंज महानगर प्रमुखको निर्देशन
सात दिनपछि भेटियो धार्चेको पहिरोमा बेपत्ता युवकको शव
सात दिनपछि भेटियो धार्चेको पहिरोमा बेपत्ता युवकको शव
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
नेप्से १३.३५ अंकले घट्यो
नेप्से १३.३५ अंकले घट्यो
हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु