डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ५, २०८१
|
|
१४ पटक हेरिएको
Shares
डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने

सारांश

  • ‘डिशहोम एलिट इन्टरनेट योजना’ अन्तर्गत ल्याइएको यो प्याकेजलाई अल्ट्राम्याक्स नाम दिइएको छ।
  • डिशहोमका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरप्राइजेज एण्ड जेनरल सप्लायर्सका संचालक सुबास गुप्ताका अनुसार, यो योजना धेरै डिभाइस प्रयोग गर्ने, भिडिओ स्ट्रिमिङ, गेमिङ र अनलाइन मिटिङ जस्ता गतिविधिका लागि उपयुक्त छ।
  • नेपालमै पहिलो पटक वाई-फाई सिक्स टेक्नोलोजी भएका राउटरमार्फत यो सेवा उपलब्ध गराइनेछ, जसले स्मार्ट होम, आईओटी डिभाइस र उच्च गतिको इन्टरनेट आवश्यक पर्ने प्रयोगकर्ताहरूलाई लक्ष्य बनाएको छ।

 

सर्लाही — डिशहोमले १ जीबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। ‘डिशहोम एलिट इन्टरनेट योजना’ अन्तर्गत ल्याइएको यो प्याकेजलाई अल्ट्राम्याक्स नाम दिइएको छ।

डिशहोमका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरप्राइजेज एण्ड जेनरल सप्लायर्सका संचालक सुबास गुप्ताका अनुसार, यो योजना धेरै डिभाइस प्रयोग गर्ने, भिडिओ स्ट्रिमिङ, गेमिङ र अनलाइन मिटिङ जस्ता गतिविधिका लागि उपयुक्त छ। नेपालमै पहिलो पटक वाई-फाई सिक्स टेक्नोलोजी भएका राउटरमार्फत यो सेवा उपलब्ध गराइनेछ, जसले स्मार्ट होम, आईओटी डिभाइस र उच्च गतिको इन्टरनेट आवश्यक पर्ने प्रयोगकर्ताहरूलाई लक्ष्य बनाएको छ।

गुप्ताका अनुसार, यो योजनाअन्तर्गत ग्राहकहरूलाई वाई-फाई सिक्स प्राइमरी राउटर, पाँच लाख रुपैयाँ बराबरको जीवन बीमा योजना र वाई-फाई एक्सटेन्डर (गिगाहोम मेश नोड) निःशुल्क उपलब्ध गराइनेछ।

वाई-फाई सिक्स टेक्नोलोजी भएका राउटरहरू पुराना राउटरहरूको तुलनामा छिटो र भरपर्दाे हुने जनाइएको छ, जसले फोरके/एटके भिडिओ स्ट्रिमिङ, आईपीटिभी, भीआर र अनलाइन गेमिङमा उत्कृष्ट अनुभव प्रदान गर्छ।

यस प्रविधिमा एकैसाथ ६४ ओटा डिभाइस इन्टरनेटमा जडान गर्न सकिन्छ। साथै, प्यारेन्टल कन्ट्रोल र सुरक्षित नेटवर्क पहुँचजस्ता सुविधासमेत उपलब्ध छन्। वाई-फाई सिक्सले स्मार्ट लाइट, सेक्युरिटी क्यामेरा, स्मार्ट स्पिकर लगायतका आईओटी उपकरणहरू सजिलै जडान गर्न सक्ने गुप्ताले जानकारी दिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?