मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
१४ पटक हेरिएको
Shares
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा

सारांश

  • संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंमा गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको राप्रपाले जनाएको छ ।
  • राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भृकुटीमण्डपमा हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।
  • सभा सुरु हुनुअघि काठमाडौंका सुन्धारा, रत्नपार्क लगायतका स्थानबाट जुलुस निकालिने छ ।

२५ चैत, काठमाडौं ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंमा गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको राप्रपाले जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भृकुटीमण्डपमा हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।

सभा सुरु हुनुअघि काठमाडौंका सुन्धारा, रत्नपार्क लगायतका स्थानबाट जुलुस निकालिने छ । ती जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने राप्रपाले जनाएको छ । प्रदर्शन र सभालाई शान्तिपूर्ण बनाउने तयारी राप्रपाको छ । यसअघि चैत १५ गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा आयोजना गरिएको सभा हिंसात्मक भएको थियो ।

दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा २ जनाको मृत्यु भएको छ भने अर्बौंको भौतिक क्षति पुगेको अनुमान छ । लगत्तै बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो । तर हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई पक्राउ गरेको छ ।

राप्रपाले चैत २६ गते मंगलबार गर्न लागेको सभालाई राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले समेत समर्थन जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
बीपी राजमार्गमा पूर्ण रूपमा गाडी चलाउन रोक
बीपी राजमार्गमा पूर्ण रूपमा गाडी चलाउन रोक
प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध १६ उजुरी
प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध १६ उजुरी
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
आजको मौसम: मुलुकभर तापक्रम घट्ने क्रम जारी
आजको मौसम: मुलुकभर तापक्रम घट्ने क्रम जारी