कप्तान एन्जिला आज नेपाल आउँदै
सारांश
- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीका लागि खेल्न आज नेपाल आउँदै छिन् ।
- हाल ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला इन्टरनेशनल वुमन्स च्याम्पियनसिप पुटबल प्रतियोगिता खेल्न नेपाल आउन लागेकी हुन् ।
- एन्जिला तुम्बापो एयर अरेबियाको फ्लाइटबाट आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ ।

३० माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीका लागि खेल्न आज नेपाल आउँदै छिन् ।हाल ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला इन्टरनेशनल वुमन्स च्याम्पियनसिप पुटबल प्रतियोगिता खेल्न नेपाल आउन लागेकी हुन् । एन्जिला तुम्बापो एयर अरेबियाको फ्लाइटबाट आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ ।

युरोपमा खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी एन्जिलाले ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी छन् । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ । जहा नेपालसहित म्यानमार, लेबनान कीर्गिस्तान सहभागी छन् ।


प्रतिक्रिया