पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध

सारांश

  • पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोट र वडा नम्बर–३, रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ ।
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा पुष्टि भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।
  • रिमिघा लेकमा गएको साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो ।

२६ जेठ, पाल्पा ।

पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोट र वडा नम्बर–३, रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा पुष्टि भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए । रिमिघा लेकमा गएको साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो ।

उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो । गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ । पालिकाले सूचना नै निकालेर त्यो क्षेत्रमा प्रवेश निषेध गरेको हो । प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुुप्रसाद भण्डारीले जानकारी दिए । “रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,” प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, “तर, त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन ।” एक हजार ८०० मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी उत्साहित भएका छन् ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिका दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको बताइएको छ । यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिवद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको संक्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने जनाइएको छ । समुद्री सतहबाट विशेष गरी तीन हजार ५०० देखि पाँच हजार ५०० मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ । आयुर्वेद चिकित्सकका अनुसार, यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा बाढी अपडेट : १६२ जनाको श*व फेला
रसुवा बाढी अपडेट : १६२ जनाको श*व फेला
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक दम्पतीको मृ*त्यु
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक दम्पतीको मृ*त्यु
आजको सम्भावित मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा
आजको सम्भावित मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा
बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने
बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने
४ लाख ५० हजार घुससहित वडाध्यक्ष पक्राउ
४ लाख ५० हजार घुससहित वडाध्यक्ष पक्राउ