केपी शर्मा ओलीको स्थानहद फुकुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २१, २०८२
|
|
३१ पटक हेरिएको
Shares
केपी शर्मा ओलीको स्थानहद फुकुवा

सारांश

  • भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का तथा काठमाडौँ उपत्यका नछाड्न दिएको निर्देशन फुकुवा गरेको छ।
  • आयोगले आज २०८२ पुस २१ गते सोमबार बसेको बैठकबाट उक्त निर्णय गरेको हो।
  • आयोगद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, भदौ २३ र २४ गते भएका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री ओलीलाई यसअघि विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गरिएको थियो।

२१ पुष, काठमाडौँ ।

भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का तथा काठमाडौँ उपत्यका नछाड्न दिएको निर्देशन फुकुवा गरेको छ।

आयोगले आज २०८२ पुस २१ गते सोमबार बसेको बैठकबाट उक्त निर्णय गरेको हो। आयोगद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, भदौ २३ र २४ गते भएका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री ओलीलाई यसअघि विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गरिएको थियो।

तर घटनासम्बन्धी अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री ओलीसँग सोधपुछ लगायतका आवश्यक प्रक्रिया सम्पन्न भइसकेकाले विदेश भ्रमण तथा उपत्यका नछाड्ने निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले उक्त प्रतिबन्ध फुकुवा गरेको जनाएको छ। आयोगले सम्बन्धित निकाय तथा स्वयं पूर्वप्रधानमन्त्री ओलीलाई यस निर्णयबारे जानकारी दिइसकेको समेत उल्लेख गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुती गर्ने अभ्यास सुधार गर्न जरुरी
६ दिनपछि बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
६ दिनपछि बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृ*त्यु
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृ*त्यु
डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
पाँंच वटा संसदीय समितिको बैठक बस्दै 
पाँंच वटा संसदीय समितिको बैठक बस्दै 
हेटौंडामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला
हेटौंडामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला