५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १२, २०८३
|
|
४५३ पटक हेरिएको
Shares
५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

सारांश

  • नेपाल प्रहरीले रुकुम पश्चिममा ५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
  • चालु आर्थिक वर्षको साउन १ गतेदेखि बैशाख १० गतेसम्म रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले जानकारी दिए ।
  • आठविकोट नगरपालिकामा सबैभन्दा धेरै ४ सय रोपनी क्षेत्रफलमा लगाएको लागुऔषध अफिम नष्ट गरिएको उनले बताए ।

 सुर्खेत ।

नेपाल प्रहरीले रुकुम पश्चिममा ५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि बैशाख १० गतेसम्म रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले जानकारी दिए ।

आठविकोट नगरपालिकामा सबैभन्दा धेरै ४ सय रोपनी क्षेत्रफलमा लगाएको लागुऔषध अफिम नष्ट गरिएको उनले बताए । सानीभेरी गाउँपालिकामा ९० र बाँफिकोट गाउँपालिकामा २८ रोपनी गरेर कुल ५ सय १८ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । अफिम लागूऔषध भएकोले अवैध मानिन्छ । आठविकोट नगरपालिकामा धेरै अफिम उत्पादन हुने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बर्षेनी अफिम खेती नष्ट गर्दै आएपनि उत्पादनमा भने कमि आउन सकेको छैन। जंगलको बीचमा उत्पादन हुने भएको उत्पादन गर्ने व्यक्तिको पहिचान गर्न समेत प्रहरीलाई मुस्किल हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन
लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा 
लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा 
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु
डेढ अर्ब लागतमा आईएमई ग्रुपले रौतहटमा खोल्यो एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग (तस्बिरहरू)
डेढ अर्ब लागतमा आईएमई ग्रुपले रौतहटमा खोल्यो एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग (तस्बिरहरू)
कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
कुवेतविरुद्ध आसिफ शेखको पनि अर्धशतक पूरा
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु
बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
रवि र छविको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश