वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
४६ पटक हेरिएको
Shares
वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति

सारांश

  • रौतहटमा भारी वर्षा र हावाहुरीका कारण रोपाइँ भएको धानको करिब १५ प्रतिशत क्षति भएको छ ।
  • यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।
  • केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार गत असोज १७ र १८ गतेको भारी वर्षा र हावाहुरीका कारण धान संगै तरकारी, केरा, उखु र फलफूलमा समेत क्षति पु¥याएको छ।

२४ असोज, रौतहट ।

रौतहटमा भारी वर्षा र हावाहुरीका कारण रोपाइँ भएको धानको करिब १५ प्रतिशत क्षति भएको छ । यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।

केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार गत असोज १७ र १८ गतेको भारी वर्षा र हावाहुरीका कारण धान संगै तरकारी, केरा, उखु र फलफूलमा समेत क्षति पु¥याएको छ। वर्षाबाट  १.३१ प्रतिशत हेक्टर क्षेत्रफल उखु, ४ सय हेक्टर क्षेत्रफलको तरकारी, २ सय हेक्टर क्षेत्रफलमा लगाइएको  केरा र २.३२ प्रतिशत हेक्टरको फलफूलमा क्षति भएको उनले जानकारी दिए। बागमती, लालबकैया,चादी , झाझ र लमाहा नदिले धानबालीमा ठूलो क्षति पु¥याएको हो । यस बर्ष समयमा वर्षा नहुँदा रोपाइ चिन्तामा रहेका कृषकलाई भारी वर्षा र हावाहुरीले झन् पीडा दिएको छ ।

धानमा बाला लाग्ने बेला समयमा भएको वर्षाका कारण धान लडेपछि  चिन्तामा रहेको कृषक रामनाथ पटेलले बताए । यति बेला  धान बाली परिपक्व हुन्छ उनले भने केहि दिन अघिको भीषण वर्षाले क्षति ग¥यो । अत्यधिक वर्षाले यहाका अधिकाश कृषकको धानबाली, तरकारी, उखु, केरा, फलफूलमा क्षति पुर्याएकाले विभिन्न निकाय संग  सहयोगको अपेक्षा गरेका छन । यस विषयमा  तीनै तहको सरकारले ध्यान दिनुपर्ने उनिहरुको माग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् :  प्रधानमन्त्री ओली
कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : प्रधानमन्त्री ओली
महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी
महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी
आजको मौसम : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना
आजको मौसम : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना
चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ
चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो
विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला