भरतपुरमा गुडिरहेको ईभीमा आ*गलागी हुँदा एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
१४१ पटक हेरिएको
Shares
भरतपुरमा गुडिरहेको ईभीमा आ*गलागी हुँदा एक जनाको मृ*त्यु

सारांश

  • भरतपुरमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
  • भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा शुक्रबार बिहान करिब ६ बजे कारमा आगलागी भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो ।

२६ भदौ, चितवन ।

भरतपुरमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा शुक्रबार बिहान करिब ६ बजे कारमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो । आगलागी हुँदा कारभित्रै रहेका एक जनाको जलेर मृत्यु भएको उनले बताए । दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना जलेर मृत अवस्थामा फेला परेका थिए । मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । कारमा आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । थम्बनेल तयार गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग
ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक
ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक
स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु
राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु
२४ घन्टा नबित्दै प्रमुख  प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
२४ घन्टा नबित्दै प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी
जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी