ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
ममता हराएपछि श्रीमान र प्रहरीबिच कुराकानी भएको पहिलो भिडियो सार्वजनिक

सारांश

  • अमेरिकामा बस्दै आएकी नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरण सुल्झिएको छैन ।
  • ममता बेपत्ता भएको झन्डै २ महिना हुन लागेको छ ।
  • हालै मात्र ममताको श्रीमान् नरेश भट्टले ममताको शवका टुक्राहरू आपसापका कयौँ स्थानमा फालेको सरकारी वकिलहरूले बताएका थिए ।

 

१० असोज ,भर्जिनिया । अमेरिकामा बस्दै आएकी नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरण सुल्झिएको छैन ।

ममता बेपत्ता भएको झन्डै २ महिना हुन लागेको छ । हालै मात्र ममताको श्रीमान् नरेश भट्टले ममताको शवका टुक्राहरू आपसापका कयौँ स्थानमा फालेको सरकारी वकिलहरूले बताएका थिए । यसैबिच अधिकारीहरू ममताको सोधी खोजी गर्दै मनसास पार्कस्थित उनको घरमा गएको समयमा नरेशसँग भएको अन्तरक्रियाको भिडियो सार्वजनिक भएको छ ।नरेशमाथि ममताको शव लुकाएको अभियोग लगाइएको छ ।तर अहिलेसम्म प्रहरी र अभियोजनकर्ताहरूले ममताको शव फेला पार्न सकेका छैनन् । नरेशका वकिलले आगामी शुक्रवार अदालतमा हुनेपेसीमा आफ्नो क्लाइन्टको नाममा जारी पक्राउ पुर्जी र उनलाई पक्राउ गर्ने क्रममा देखाइएको प्रमाणहरू खारेज गर्नुपर्ने तर्क पेस गर्नेवाला छन् ।

नरेशको नाममा पक्राउ पुर्जी जारी गराउन म्याजिष्ट्रेटलाई मनाउन गलत सूचना प्रयोग गरेको भनेर प्रतिवादीका वरिष्ठ सहायक वकिल शालेभ बेन–अभराहमले भनेका छन् ।उनले अगस्ट २ मा मनसास पार्कका प्रहरी अधिकारीहरू भट्ट दम्पतीको घरमा आउँदाको क्यामरा भिडियो रेकर्डलाई पनि उद्धृत गरेका छन् । ममता काम गर्ने यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरले उनी काममा नआएको भन्दै चिन्ता गरेपछि अधिकारीहरू उनको घरमा पुगेका थिए । नरेशले श्रीमती हराएको भनेर उजुरी दिन नमानेपछि उनलाई समातिएको प्रतिवादी वकिलले अघिल्ला दुई सुनवाइमा तर्क दिएका थिए । १४

मिनेटको सो भिडियोमा अधिकारीहरूले ‘हामी ममता काफ्लेलाई खोजिरहेका छौँ’ भन्छन् ।यसक्रममा नरेश आफ्ना नाबालिग छोरीलाई बोकिरहेका देखिन्छन् । ‘हो, मङ्गलवार, होइन बुधवार उनी गइन् । आफू न्यूयोर्क वा टेक्सस जान्छु भनेर भनेकी थिइन् । उनीसँग एउटा फोन पनि थियो । तर फोन फुटाइन् अनि गइन्’ नरेशले भनेको सुनिन्छ । त्यसपछि अधिकारीहरूले नरेशलाई उनी किन गइन् भनेर सोध्छन् । यसको जवाफमा नरेशले आफूहरू अलग्गिन थालेको अनि आफूले घर बेच्न खोजेकोले निरीक्षकहरू आउन लागेको बताउँछन् । ‘उनी यसरी हराएको यो पहिलो पटक होइन । उनी फर्केर आउँछिन्’ नरेश भन्छन् । निरीक्षणका क्रममा अधिकारीहरूले कयौँ पटक श्रीमती आएपछि आफूहरूलाई सम्पर्क गर्न भन्छन् । नरेशलाई समात्ने पक्राउ पुर्जी जारी

गराइपाउन पेस  गरिएको अन्य प्रमाणमा अगस्ट ५ को फलो–अप टेक्स्ट म्यासेज थियो । यसमा उनले अधिकारीहरूलाई श्रीमती फर्किएर नआएको र उनीसँग सम्पर्क नभएको बताउँछन् । त्यसपछि अधिकारीले ‘ठिक छ सर, अपडेटका  लागि धन्यवाद, तपाईंले उनलाई खोज्न सम्भव भएसम्मका सबै उपायहरू प्रयोग गरिसक्नुभएको छ र उनी हराएकी हुन् भन्ने लाग्छ भने ९११ मा फोन गर्नुहोस्’ भन्ने जवाफ म्यासेजमा आउँछ ।ममताले जुलाई २९ मा आफ्नी आमासँग भिडियोमा कुराकानी गरेकी थिइन् । त्यसको भोलिपल्ट बिहान नरेशले छोरीलाई बेबीसिटरको अपार्टमेन्टमा पुर्‍याइदिन्छन् । केही बेरपछि उनी प्लास्टिक र फोहोर राख्ने कयौँ झोलाका साथमा बेबीसिटरको अपार्टमेन्ट भवन बाहिर क्यामरामा देखिन्छन् । सोही साँझ उनले फोहोर राख्ने कालो ठुलो झोलाको प्याक किनेको बताइएको छ ।

जुलाई ३१ को बिहान १ः३० मा फल्स चर्चमा आफ्नो टेस्ला कारबाट नरेशले फोहोरको झोला झिकेर फोहोर फ्याँक्ने ठाउँमा फ्याकेको भिडियोले देखाएको छ । टेस्लाको रेकर्डले सो समय उनी त्यहाँ भएको देखाए पनि उनको फोन भने इन्याक्टिभ थियो । सायद उनले साथमा फोन लगेका थिएनन् कि ।नरेशको घरमा बिहान प्रायः तीन देखि चार ग्यालन मात्रै पानी खपत हुने गरेको थियो । तर त्यही दिन बिहान नरेशको घरमा १५० ग्यालन भन्दा धेरै पानी खर्च भएको देखिएको सरकारी वकिलहरूको भनाइ छ । मंगलबारको पूर्वपक्षीय सुनुवाइमा अदालतमा न्यायाधीशको साथमा नरेश भट्ट र उनका वकिल मात्रै थिए । सुनवाइपछि नरेशका वकिलले भित्र के भयो अनि गोप्य सुनुवाइका लागि कसले अनुरोध गरेको हो भन्नेबारे केही पनि बताएनन् । सरकारी वकिल, प्रतिवादीका वकिल र नरेश शुक्रवार बिहान पुनः अदालतमा उपस्थित हुँदैछन् । यसमा नरेशका वकिलले उनीविरुद्ध जारी भएको पक्राउ पुर्जी रद्द गर्नुपर्ने तर्कहरू पेस गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुलिस आहा–रारा गोल्डकपको फाइनलमा
पुलिस आहा–रारा गोल्डकपको फाइनलमा
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, ४ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, ४ जना घाइते
टी–२० विश्वकपका लागि खेलाडी छनोट
टी–२० विश्वकपका लागि खेलाडी छनोट
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
तिब्बत भूकम्पमा अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि, नेपालको अवस्था के छ ?
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल
अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने
पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने