नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ

सारांश

  •   प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक घरमा सञ्चालित जुवाको अखडामा छापा मारी एक महिलासहित आठ जनालाई पक्राउ गरेको छ।
  • उनीहरूको साथबाट एक लाख रुपैयाँभन्दा बढी नगद र तास बरामद भएको छ।
  • जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नागार्जुन नगरपालिका-४, रानीपानीस्थित एक घरमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सोमबार दिउँसो छापा मारेको हो।

२७ जेठ, काठमाडौं । 

प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक घरमा सञ्चालित जुवाको अखडामा छापा मारी एक महिलासहित आठ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक लाख रुपैयाँभन्दा बढी नगद र तास बरामद भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नागार्जुन नगरपालिका-४, रानीपानीस्थित एक घरमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सोमबार दिउँसो छापा मारेको हो। प्रहरीले गुल्मी घर भई सोही स्थानमा डेरा गरी बस्ने ३२ वर्षीया उषा थापाको कोठाबाट उनीसहित आठ जनालाई रंगेहात नियन्त्रणमा लिएको हो।

प्रहरीले जुवाको खालबाट नगद १ लाख १० हजार ६ सय ३० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ। पक्राउ पर्ने अन्यमा काठमाडौं, नागार्जुन-६ रामकोटका ५८ वर्षीय राज कुमार शाही, मकवानपुर घर भई कालिमाटी बस्ने २६ वर्षीय सन्तोष तामाङ र ३६ वर्षीय दुर्गा बहादुर तामाङ, मकवानपुरकै घर भई जडिबुटी बस्ने २४ वर्षीय तुलराम थिङ, पाँचथर घर भई कलंकी बस्ने ३४ वर्षीय मन कुमार केरुङ लिम्बु, सिन्धुली घर भई स्वयम्भू बस्ने ३५ वर्षीय धन बहादुर भोलन तथा नुवाकोट घर भई कालिमाटी बस्ने २६ वर्षीय राज कुमार तामाङ रहेका छन्। पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको परिसरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) अपीलराज बोहराले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?