Press 4K
शुक्रबार, २६ आषाढ २०८३

नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २६, २०८३
|
|
१३१ पटक हेरिएको
Shares
नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

सारांश

  • नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा जलन (बर्न) उपचारका लागि आवश्यक स्रोत–साधन र पूर्वाधारको अभाव रहेको बताएका छन् ।
  • उनले नेपालमा जलन उपचारका लागि अस्पताल भए पनि गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने सुविधा पर्याप्त नभएको बताए ।
  • विहीबार काठमाडौंको राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली घाइते भएपछि प्रतिक्रिया दिंदै नेता भण्डारीले जलन भएका बिरामीलाई उपचारका लागि आवश्यक पर्ने आईसीयू, दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको कमी रहेको बताए ।

 

काठमाडौं ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा जलन (बर्न) उपचारका लागि आवश्यक स्रोत–साधन र पूर्वाधारको अभाव रहेको बताएका छन् । उनले नेपालमा जलन उपचारका लागि अस्पताल भए पनि गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने सुविधा पर्याप्त नभएको बताए । विहीबार काठमाडौंको राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली घाइते भएपछि प्रतिक्रिया दिंदै नेता भण्डारीले जलन भएका बिरामीलाई उपचारका लागि आवश्यक पर्ने आईसीयू, दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको कमी रहेको बताए ।

नेता भण्डारीले नेपालमा जलनसम्बन्धी उपचार निकै जटिल भए पनि यस क्षेत्रमा विशेषज्ञ चिकित्सकको संख्या न्यून रहेको उल्लेख गरे । उनले भने, ‘नेपालमा बर्न अस्पताल छ, तर जलन भएका व्यक्तिलाई राख्नका लागि आवश्यक आईसीयूको व्यवस्था छैन । मानिसहरू छिटो आत्तिने भएकाले पनि तत्काल उपचारका लागि लैजान खोज्छन्, तर यहाँ उपचार महँगो भएकाले धेरैलाई समस्या हुने गरेको छ ।’ नेता भण्डारीले जलन उपचारका लागि आवश्यक मेसिन, प्रविधि र अस्पतालको राम्रो व्यवस्थापन नेपालमै भएको भए बिरामीलाई विदेश लैजानुपर्ने अवस्था नआउने बताए । उनले जलनको उपचार महँगो हुने भएकाले सामान्य नागरिकका लागि थप कठिनाइ हुने गरेको उल्लेख गरे । आफू स्वयं पनि जलनको पीडित भएको स्मरण गर्दै उनले भारतमा गएर उपचार गराउनुपरेको बताए

‘म आफैं पनि जलनको सिकार भए । मैंले भारतमै उपचार गराएको हुँ । जलनसम्बन्धी केसमा बिरामीको जीवन बचाउन निकै कठिन हुने गर्छ त्यसैले पनि मानिसहरु आत्तिएर सुविधासम्पन्न अस्पताल जान खोज्छन्,’उनले भने । नेता भण्डारीले नेपालमा आगलागी तथा अन्य दुर्घटनाबाट घाइते भएका व्यक्तिहरूको उपचारका लागि विशेष व्यवस्था, दक्ष जनशक्ति र आवश्यक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । उनले नेपालमै गुणस्तरीय जलन उपचारको व्यवस्था गर्न सके धेरै जलन बिरामीलाई विदेश जानुपर्ने बाध्यता अन्त्य हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्न्यास घोषणा
विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्न्यास घोषणा
माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट
माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...