Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
५१ पटक हेरिएको
Shares
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

सारांश

  • भारत, बंगलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।
  • नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।
  • सन् २०२४ मा संघको सञ्जालमार्फत नौ लाख सातहजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको संघका कार्यकारी निर्देशक डा.

 

१३ चैत,  काठमाडौं । भारत, बंगलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।

सन् २०२४ मा संघको सञ्जालमार्फत नौ लाख सातहजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।  सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ । संघका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरेको हो । संघले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छ । यस्तै, ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरेको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
रवि लामिछानेसहित यी १४ जनाविरुद्ध पक्राउ पुर्जी
रवि लामिछानेसहित यी १४ जनाविरुद्ध पक्राउ पुर्जी
रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै
रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन