एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
एकीकृत समाजवादी असल भावना र संस्कार सिकाउने पार्टी होः माधव नेपाल

सारांश

  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी असल भावना र संस्कार सिकाउने पार्टी भएको बताएका छन्।
  • काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असल भावना, संस्कार सिकाइतर्फ प्रेरित गर्ने पार्टी नै नेकपा (एकीकृत समाजवादी) भएको जिकिर गरे।
  • समाजलाई रुपान्तरण र परिवर्तन गर्ने पार्टी एकीकृत समाजवादी भएको उनको दाबी छ।

१९ साउन, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी असल भावना र संस्कार सिकाउने पार्टी भएको बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असल भावना, संस्कार सिकाइतर्फ प्रेरित गर्ने पार्टी नै नेकपा (एकीकृत समाजवादी) भएको जिकिर गरे।

समाजलाई रुपान्तरण र परिवर्तन गर्ने पार्टी एकीकृत समाजवादी भएको उनको दाबी छ। समाजमा रहेका गरिबी, अभाव, पछौटेपन, अन्याय, अत्याचार, दुराचार, जातीय भेदभाव, दलितमाथिको छुवाछुतको विरोधमा आफ्नो पार्टी रहेको बताए। आफूहरु न्यायको निम्ति लड्ने, समानता खोज्ने, सुख र समृद्धिका लागि लड्ने पार्टी भएको उनको भनाइ थियो। उनले नयाँ पुस्तासँग आफ्नो पार्टीको चुनाव चिन्ह कलमको प्रचार गर्न पनि आह्वान गरे।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?