सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २४, २०८३
|
|
१५७ पटक हेरिएको
Shares
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु

सारांश

  • अमलेश शर्मा सर्लाहीको हरिपुर्वा नगरपालिका–९ खिला नजिक बिहीबार बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी ३६ वर्षीय श्याम ठाकुर रहेको प्रहरीले जनाएको छ ।
  • उनलाई ‘पप्पु’ भनेर चिनिने गरिएको थियो ।

२४ वैशाख, सर्लाही । अमलेश शर्मा

सर्लाहीको हरिपुर्वा नगरपालिका–९ खिला नजिक बिहीबार बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी ३६ वर्षीय श्याम ठाकुर रहेको प्रहरीले जनाएको छ । उनलाई ‘पप्पु’ भनेर चिनिने गरिएको थियो ।

प्रहरीका अनुसार संग्रामपुरबाट बाँकेतर्फ आउँदै गरेको ग १ ख ९४६७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । प्रहरीले दुर्घटनामा संलग्न बस र बसधनी पर्सा गाउँपालिका–२ का २७ वर्षीय मानिष कुमार महतोलाई नियन्त्रणमा लिएको जनाएको छ । बस चालक कविलासी नगरपालिका–१० सलेमपुरका ४५ वर्षीय बद्री मण्डल भने फरार रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हवाई टिकट नपाउँदा रविलाई काठमाडौं पठाउने अनिश्चित
हवाई टिकट नपाउँदा रविलाई काठमाडौं पठाउने अनिश्चित
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उदघाटन
एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उदघाटन
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ
भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ
पञ्चायातकालमा चोरेर विदेश पुर्याइएका मूर्ति नेपाल फिर्ता
पञ्चायातकालमा चोरेर विदेश पुर्याइएका मूर्ति नेपाल फिर्ता
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड