अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
२१ पटक हेरिएको
Shares
अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ

सारांश

  • ट्रम्पले शुक्रबार तेहरानलाई पत्र पठाउँदै आणविक सम्झौताका लागि वार्ता गर्न सहमत भएन भने उसले सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका थिए।
  • यस विषयमा शनिबार प्रतिक्रिया दिँदै अयातोल्लाह अली खामेनीले इरानले ‘धम्की दिने सरकारहरू’सँग वार्ता नगर्ने बताएका हुन्।
  • संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरूले उनको सरकारले हालैका वर्षहरूमा आफ्नो आणविक कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएको बताएका छन्।

 

२६ फागुन, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आणविक कार्यक्रममा वार्ताका  लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्रबारे जवाफ दिएका छन्। ट्रम्पले शुक्रबार तेहरानलाई पत्र पठाउँदै आणविक सम्झौताका लागि वार्ता गर्न सहमत भएन भने उसले सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका थिए।

यस विषयमा शनिबार प्रतिक्रिया दिँदै अयातोल्लाह अली खामेनीले इरानले ‘धम्की दिने सरकारहरू’सँग वार्ता नगर्ने बताएका हुन्। संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरूले उनको सरकारले हालैका वर्षहरूमा आफ्नो आणविक कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएको बताएका छन्। ट्रम्पले इरानको आणविक कार्यक्रमलाई अगाडि बढ्नबाट रोक्न नयाँ सम्झौता गर्न चाहेको बताएका छन्।शुक्रबार ट्रम्पले इरानलाई वार्ताको मौका दिइएको अन्यथा उसको आणविक कार्यक्रमलाई लक्षित गर्न सकिने धम्की दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?