Press 4K
शुक्रबार, १५ श्रावण २०८३

‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
१८ पटक हेरिएको
Shares
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको रुपमा राष्ट्रले मान्यता दिएको बताएका छन् ।
  • शुक्रबार ललितपुरमा आयोजित सामाजिक जवाफदेहिता ः मिडिया र युवा संवाद कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएको क्रान्तिलाई सरकार र जेनजीबीचको सहमति अनुसार राष्ट्रले औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिइसकेको बताए ।
  • उनले भने, ‘भदौ २३ र २४ गते जनआन्दोलन भयो ।

२६ मंसिर,काठमाडौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको रुपमा राष्ट्रले मान्यता दिएको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित सामाजिक जवाफदेहिता ः मिडिया र युवा संवाद कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएको क्रान्तिलाई सरकार र जेनजीबीचको सहमति अनुसार राष्ट्रले औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिइसकेको बताए । उनले भने, ‘भदौ २३ र २४ गते जनआन्दोलन भयो । यसलाई सरकार र जेनजीबीच सहमती गरेर जेनजी जनआन्दोलनको मान्यता राष्ट्रले दिइसकेको छ ।’

उनका अनुसार जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले दिएको सन्देश अत्यन्तै स्पष्ट रहेको बताउँदै उनले भने, ‘जेनजी आन्दोलन जसरी सुरुवात भयो त्यसले जे सन्देश दियो अब युवाहरुको बारेमा धेरै भन्नुपर्छ जस्तो मलाई लाग्दैन ।’ युवापुस्ताप्रति समाजमा रहेका पुराना धारणाहरू गलत साबित भएको उल्लेख गर्दै उनले थपे, ‘पहिले हामीले प्लस टु सकेपछि नवयुवाहरू विदेशमै रमाउँछन्, राजनीति सम्झ्दैनन्, देशप्रति ध्यान दिँदैनन् भनेर ठूलो भ्रम पालेका थियौँ तर त्यो भ्रमको कालो पर्दा जेनजीले भदौ २३–२४ को जनआन्दोलनबाट च्याते ।’ उनका अनुसार सो आन्दोलनले जेनजी पुस्ता शक्तिशाली, सचेत र आवश्यक परेको खण्डमा परिवर्तनका लागि बलिदान दिन पनि तयार रहेको स्पष्ट प्रमाणित गरिदिएको छ ।

उनले भने, ‘जेनजी यति सशक्त छ, सचेत छ र परिवर्तनका खातिर जेनजीहरु बलिदान दिन पनि तयार हुन्छन् भन्ने पुष्टि गरे ।’
उनले युवाहरूको मुद्दाले प्राथमिकता पाएको भन्दै अब देश परिवर्तनको मार्गमा युवा नेतृत्वलाई सुनिश्चित गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । उनका अनुसार मुलुकलाई रुपान्तरण गर्न युवाको भूमिकालाई विशेष महत्व दिइनुपर्ने र वर्तमान सरकार पनि युवामैत्री कदमका साथ अगाडि बढिरहेको बताए । ‘अहिलेको सरकार तपाईंहरूको साथमै छ,’ उनले भने, ‘अब युवा नेतृत्वलाई अग्रपंक्तिमा ल्याउँदै परिवर्तनको यात्रामा सबैले हातेमालो गर्न आवश्यक छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जान नपर्ने
जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जान नपर्ने
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते
सिराहा र सुनसरीमा मोटरसाइकलको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते
सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल आज पनि
सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल आज पनि
कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौं, संयोग पर्‍यो : योगेश भट्टराई
कांग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौं, संयोग पर्‍यो : योगेश भट्टराई
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...